बसमा यात्रु मृत फेला

कान्तिपुर संवाददाता

बाजुरा — बाजुराका लागि धनगढीबाट छुटेको ना ६ ख १७९२ नम्बरको बसमा बिहीबार एक जना यात्रु मृत अवस्थामा फेला परेका छन् । 

प्रतिकात्मक तस्बिर ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु घर भएका ५० वर्षीय दलबहादुर शाही मृत अवस्थामा फेला परेको बताए ।

शाहीको मृत्युको कारण बारे भने केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मृतक शाही हिमाली गाउँपालिका–५रुडीमा रहेको रुपाली आधारभूत विद्यालयमा कार्यरत शिक्षक रहेको उनले बताए ।

गाडी चालक कृष्ण विष्टले अछामको चौखुट्टमा यात्रु सकुशल रहेको र बाजुराको बुढीगंगा नगरपालिका–८ मा रहेको रिठा बजार आउँदा मृत्यु भएको अवस्थामा भेटिएको बताएका छन् ।

चौखुट्टेमा चिया खान बस रोकिएको समयमा सकुशल भएपनि रिठा बजार आइपुगेपछि मात्र मृत्यु भएको थाहा पाएको गाडी चालक विष्टको भनाई छ ।

प्रकाशित : कार्तिक २१, २०७६ १५:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

यौन दुर्व्यवहारलाई ढाकछोप प्रयास 

कान्तिपुर संवाददाता

बारा — चार वर्षीया एक बालिकामाथि यौन दुर्व्यवहार भएपछि त्यस घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको पीडित परिवारले आरोप लगाएका छन् । आदर्शको तवाल गाउँपालिका-४, इनर्वा गाउँका ४५ वर्षीय शेख इसराईलले गत बुधबार दिउँसो यौन दुर्व्यवहार गरेपछि घटनालाई मिलाउन खोजिएको पीडित परिवारले आरोप लगाएका हुन् ।

पीडित परिवारकाअनुसार यौन दुर्व्यवहार गर्नेमाथि प्रहरीमा किटानी जाहेरी दिएपनि गाउँका कही जनाले घटनालाई ढाकछोप गरी गाउँमै मिलाउने प्रयास गरेका हुन् । तर जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारीले घटना प्रहरीमा दर्ता भइसकेको जनाए ।
पीडकको खोजी भइरहेको प्रहरी उपरीक्षक विकासराज खनालले बताए । प्रहरी उपरीक्षक खनालकाअनुसार पीडक इसराइल घर बनाउँदै गरेको अवस्थामा ती बालिका एक्लै त्यही खेल्दै गरेको अवस्थामा उनले जबरजस्ती करणी गर्न खाजेका थिए । बालिकालाई करणी प्रयास गरेर छाडेको अवस्थामा बालिका रुँदै घरतर्फ गएकी थिइन् । उनकी आमाले सोध्दा बालिकाले घटनाबारे बताएकी थिइन् ।
पछि पीडित परिवारले प्रहरीलाई खबर गरी बोलाउँदा पीडक इसराइल भागेका हुन् । पीडक सीमा पारि भागेकाले त्यता पनि सादा पोसाकको प्रहरी खटाइएको प्रहरी उपरिक्षक खनालले बताए । पीडितको कलैया अस्पतालमा स्वास्थ्य परिक्षण गारी घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : कार्तिक २१, २०७६ १४:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT