कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिना पानीले अन्नबाली नष्ट 

संगीता तिमिल्सेना 

बाजुरा — जिल्लाको बडीमालिका नगरपालिका–१ मा सोमबार बेलुकी आएको असिना पानीले अन्नबाली, तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको छ  । सोमबार दिउँसो ४  बजे आएको असिना पानीले पाक्न लागेको कोदो, फापर, धान, सुन्तला, केरा र तरकारी बालीमा क्षति गरेको स्थानीय कृषक हर्कबहादुर कार्कीले बताए । उनले वडाको पिनालेख, पाटा, नुवाकोट र सल्लेनाका करिब ११ सय कृषकको बाली नष्ट गरेको कान्तिपुरसँग बताए । 

बालीमा क्षति भएपछि आफू र छोराछोरीलाई पाल्न दैनिक ज्याला मजुदरी गर्न भारतमा जानुपर्ने अवस्था आएको कार्कीले कान्तिपुरसँग भने । अन्नबाली नष्ट भएको गुनासो सुनाएपछि बडीमालिका नगरपालिका उपप्रमुख कविता विष्टले क्षतिको यथार्थ विवरण आएपछि नियमअनुसार राहत दिने बताइन् ।


नगरपालिकाले बनाएको दैवी प्रकोप राहत कोषअनुसार कृषकको क्षतिको अवस्था हेरी राहतका लागि पहल गर्ने नगर उपप्रमुख विष्टले आश्वासन दिए ।

प्रकाशित : कार्तिक १९, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?