कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

बलात्कारका घटना बढे

मेनुका ढुंगाना

(अछाम) — अछाममा बलात्कारका घटना बढेका छन । १५ दिनमा अछाममा ५ जना महिला तथा बालिका बलात्कृत भएका छन् । चालु आवको ४ महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा ८ वटा बलात्कारका मुद्दा दर्ता भएको प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ ।

बलात्कारका घटना बढे

कार्तिक १३ गते ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको कमलबजार नगरपालिका ७ का २२ वर्षीय नरेन्द्र दमाईलाई बलात्कारको आरोपमा अछाम प्रहरीले पक्राउ गरेको हो । पीडित वृद्धाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा दिएको जाहेरीका आधारमा नरेन्द्रलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयले जानकारी दियो ।


प्रहरीका अनुसार उनी माथी करणी सम्बन्धि कसुर मुद्दा चलाएर अनुसन्धान अघि बढाईएको छ । अनुसन्धानका लागि जिल्ला अदालत अछामबाट म्याद थप समेत भएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको तुर्माखाद गाउँपालिकाकी १४ वर्षीया किशोरीलाई करणी गरेको उजुरी परेपछि मंगलसेन नगरपालिका १ का एकेन्द्र कुँवर रानालाई अछाम प्रहरीले करणीको अभियोगमा पक्राउ गरेको हो ।


कार्तिक ४ गतेनै अछाम रामारोशनकी १२ वर्षीया एक बालिकाको पेटमा ५ महिनाको गर्भ रहेको पत्ता लागेको छ । कुकुरले टोकेपछि उपचारका लागि अस्पतालमा ल्याइएकी उनको जाँचका क्रममा चिकित्सकले पेटमा बच्चा भएको अभिभावकलाई बताएका हुन् । ‘कुकुरले छोरीलाई टोकेको थियो । सुई लगाउनको लागि अस्पताल ल्याएको थिएँ’ बालिकाका बुवाले भने, ‘छोरीको पेट किन सुनियो डाक्टर सा’ब हेरिदिनुस् भने डाक्टरले चेकजाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसे जस्तो भएँ ।’ सुस्तमनस्थितिकी ती बालिकाको गर्भ बलात्कार बाट भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ति बालिकाले ४/५ जना केटाहरूको नाम पनि बताए पछि सबैलाई पक्राउ गरी अनुसन्धान सुरु भएको डिएसपी जनक शाहीले बताए । ती बालिकाकी आमा पनि सुस्तमनस्थिति रहेको र बुवालाई यो घटनाबारे जानकारी नभएको प्रहरीले जनाएको छ । गरिब परिवारकी उनलाई गाउँपालिका उपप्रमुख, अधिकारकर्मीको पहलमा रकम संकलन गरी आफन्त तथा महिला प्रहरीको साथमा काठमाडौं पर्‍ुयाइएको छ । गत शुक्रबार नै ति बालिकालाई कनठमाडौं पुर्‍याइएता पनि अहिलेसम्म गर्भपतन गर्ने वा बालिकालाई बच्चा जन्माउन दिने बारे टुंगो नलागेको प्रहरी जवान देवकी भट्टले बताइन् ।


‘१८ हप्ता भन्दा बढिको केसमा डाक्टरले गर्भपतन गर्न मिल्दैन भनेका छन् । तर अन्तिम निष्कर्ष निस्किएको छैन’ भट्टले भनिन् । जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको २२ हप्तासम्मको गर्भ भएमा अन्यथा अरु अवस्थाका अनिच्छित गर्भ १२ हप्ता ननाघेको गर्भपतन गर्न मिल्ने कानुनी व्यवस्था छ । लिंग पहिचान गरेर, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १२ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ । तर यी बालिकाको हकमा अहिल्यै नै के गर्न सकिन्छ भन्ने बारे डाक्टरले सल्लाह गरिरहेको भट्टले बताइन् ।


प्रहरीले जिल्लामा महिला हिंसा, यौनजन्य क्रियाकलाप र आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा अभियान सुरु गरेको छ । तर पनि आर्थिक वर्ष ७४/७५ मा १३, ७५/७६ मा ७ र चालु आवमा ८ वटा घटना घटेका छन् । जिल्ला प्रहरीले टोलटोलमा प्रहरी परिचालन गरी महिला हिंसा तथा बलात्कार न्यूनीकरणबारे चेतनामूलक कार्यक्रम गरिरहेको छ । प्रहरी सक्रियता तथा विभिन्न चेतनामूलक कार्यक्रम गरे पनि जिल्लामा बलात्कारका घटनामा भने कमी आउन सकेको छैन ।


पछिल्लो समय सामाजिक सञ्जालका कारण बलात्कारका घटना बढेको प्रहरीको बुझाइ छ । अन्जान व्यक्तिसँग सामाजिक सञ्जालमा सम्बन्ध बढाउने र घुलमिल हुँदै अन्तिममा आपसमा मन फाटेपछि महिला बलात्कृत हुने क्रम बढेको डीएसपी शाहीको बुझाइ छ । उनका अनुसार प्रहरीमा दर्ता भएका बलात्कारका घटनामध्ये केही घटना सामाजिक सञ्जालसँग जोडिएका छन् । उनले सञ्चार माध्यमका रूपमा प्रयोग हुँदै आएको सामाजिक सञ्जालले पछिल्लो समय अपराध बढाउदै आएको छ ।


घरेलु हिंसा, आर्थिक लेनदेन, प्रेममा धोखा पाउनु र मदिरा सेवनले पनि जबर्जस्ती करणीका घटना बढाएको प्रहरीको बुझाइ छ । प्रहरीसमक्ष आइपुगेका केही यस्ता घटना आर्थिक लेनदेनमा सहमति नभएपछि बलात्कार भएका पनि छन् । त्यस बाहेक अधिकांश बलात्कारका घटना घरेलु हिंसा र मदिरा सेवनले पनि भएको पाइएको छ । प्रहरीका अनुसार पारिवारिक रिसइबीका कारण पनि जबर्जस्ती करणीका घटना भएको पाइएको छ ।


प्रकाशित : कार्तिक १९, २०७६ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?