३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कैदीबन्दीलाई पुस्तक र कम्बल

कान्तिपुर संवाददाता

बैतडी — जिल्ला कारागार बैतडीका कैदीबन्दीलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्रले सोमबार कम्बल र किताब वितरण गरेको छ । 

दशरथचन्द नगरपालिकाको सहयोगमा ६० कम्बल र ३१ पुस्तक दिइएको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दीपेश शाहले बताए । चिसोमा केहि सजिलो होस् र समय बिताउन पनि सहज होस् भनेर पालिकासँग समन्वय गरेर काम गरेको उनले बताए । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले कैदीवन्दीलाई भने, ‘चिसोको मौसम छ । थोरै भएपनि अपनत्वका लागि सहयोग गरेका हौं । यहाँबाट छुटेपछि समाजमा राम्रो काम गर्नुहोला भन्ने अपेक्षा पनि हो ।’ नगरपालिकाले स्थानीय सरकारको अनुभूति गराउन सबै क्षेत्रमा सहयोग गर्दै आएको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए ।


बाहिरबाट पहिलोपटक यस्तो सहयोग पाएको चौकीदार देबबहादुर पुनले बताए । उनले भने, ‘धेरै खुसी लागेको छ । हामीलाई हौसला पनि मिलेको छ ।’ हाल बैतडी कारागारमा ५० कैदीबन्दी छन् । ती मध्ये ३७ कैदीबन्दी र १३ जना थुनुवा छन् ।


प्रकाशित : कार्तिक १९, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?