१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडक खन्ने विवादमा झडप

कान्तिपुर संवाददाता

बैतडी — दशरथचन्द नगरपालिका ९, ग्वालेखमा सडक खन्ने क्रममा २ पक्षबीच सोमबार भएको झडपमा ८ जना घाइते भएका छन् । घाइते हुनेमा ७ पुरुष र १ महिला छन् । 

घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । २८ वर्षीया गौरी जोशीलाई बढी चोट लागेको अस्पतालका डाक्टर वसन्तराज जोशीले बताए । एउटा पक्ष सडक खन्न नदिने र अर्को पक्षले जसरी पनि सडक लैजाने अडान लिएपछि उनीहरूबीच झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।


‘वडा कार्यालयले सडक खन्नको लागि काम सुरु गर्ने तयारी गरेको थियो’ पाण्डेले भने, ‘यो अलि पहिलेबाटै २ पक्षका स्थानीयबीचको विवाद हो । सोमबार डोजरहरू खन्न अगाडी बढ्दा विवाद भयो ।’ डोजरमा भने सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।


प्रकाशित : कार्तिक ५, २०७६ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?