१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सडक खन्ने क्रममा झडप हुँदा ८ घाइते 

तृप्ति शाही

बैतडी — दशरथचन्द नगरपालिका–९ ग्वालेखमा सडक खन्ने क्रममा दुई पक्षबीच झडप भएको छ । सोमबार दिउँसो स्थानीय सडक खन्ने बेला दुई समूहबीच विवाद भइ झडप हुन पुगेको हो ।

एक पक्ष सडक खन्न नदिने पक्षमा भएपछि अर्को पक्षले खन्न भनेपछि झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।


वडा कार्यालयले सडक खन्नको लागि काम सुरु गर्ने तयारी गरेको थियो उनले बताए । उनले भने , ‘ यो अलि पहिलेबाटै दुई पक्षका स्थानीयबीचको विवाद हो । एक पक्ष सडक खन्ने पक्षमा थियो भने अर्को जमिन परेको भन्दै नखन्न दिनेमा थियो । आज डोजरहरु खन्नको लागि जाँदा विवादै भयो । ’


झडपमा ८ जना घाइते भएका छन् । जसमा ७ पुरुष र १ महिला छन् । उनीहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ७ जनाको स्वास्थ्य अवस्था सामान्य रहेपनि एक जनाको गम्भीर भएको अस्पतालले जनाएको छ ।


डोजरमा भने सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक ४, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?