कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ 

कान्तिपुर संवाददाता

बझाङ — नेपाली सेनामा जागिर लगाइ दिन्छु भन्दै ठगी गर्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा थलारा गाउँपालिका–८ का डिल्ली उपाध्याय रहेका छन् । 

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ 

उपाध्यायले थलारा गाउँपालिका कै पदम सार्कीबाट नेपाली सेनामा जागिर लगाइदिने भन्दै २ लाख ५० हजार रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


उनले सेनाका मान्छे सँग आफ्नो राम्रो सम्पर्क रहेको र उनीहरुलाई रकम दिएर जागिर लगाई दिने भन्दै रकम ठगी गरेको डीएसपी गणेश बमले बताए ।

प्रकाशित : कार्तिक ३, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?