कान्तिपुरकर्मी ढुंगानालाई फेसबुकमा अपशब्द प्रयाेग गरेकाेमा महासंघको भर्त्सना

कान्तिपुर संवाददाता

अछाम — अछामस्थित कान्तिपुर संवाददाता मेनुका ढुंगानालाई सामाजिक सञ्जाल फेसबुकमार्फत अपशब्द प्रयोग गरेकाे घटनाप्रति नेपाल पत्रकार महासंघ अछाम शाखाले ध्यानाकर्षण भएको जनाएको छ ।

ZenTravel

चौरपाटी गाउँपालिका–५ लुंग्राको दयापपिलतोला मावि र वडा नम्बर ७ मार्कुको शान्ती माविमा भवन निर्माणका लागि गाउँपालिकाले खोलेको टेण्डरका कागजात च्यातिएकोबारे इकान्तिपुर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर बम धामीले प्रहरी हिरासतबाटै फेसबुकमा अपशब्द प्रयाेग गरेका थिए।

Meroghar

कागजात च्यात्ने मुख्य अभियुक्त भनिएका धामीले ढुंगानालाई अपमानित हुनेगरी गाली बेइज्जतीगर्ने कार्यको महासंघले घोरभर्त्सनाएव‌ं खेद प्रकट गरेको जनाएकाे छ। 'घटनाकाे मुख्य आराेपितका रुपमा प्रहरी हिरासतमा रहेकै व्यक्तिबाट यसरी सामाजिक सञ्जालमा गालीबेइज्जती हुनुले सुरक्षा निकायप्रति समेत आशंका उब्जिएको छ' शनिबार महासंघका कार्यवाहक अध्यक्ष खम्म खत्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

महासंघले गालीबेइज्जतीमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष माग समेत गरेको छ।

प्रकाशित : कार्तिक २, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

करेन्ट लागेर मृत्यु

दुर्गालाल केसी

दाङ — करेन्ट लागेर शनिबार तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपहानगरपालिका १० पड्डाका ४७ वर्षीय टीकाराम भण्डारीको घरमा कुवाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

प्रतिकात्मक तस्बिर ।

करेण्ट लागेर गम्रभीर घाइते भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले बताए।

प्रकाशित : कार्तिक २, २०७६ १८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×