१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बस दुर्घटनामा १० जना घाइते 

मोहन बुढाऐर

धनगढी — डडेल्धुराबाट महेन्द्रनगरका लागि आउँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस शनिबार दुर्घटना हुँदा १० जना घाइते भएका छन् । चार जनाको अवस्था गम्भीर रहेको छ । 

बस दुर्घटनामा १० जना घाइते 

क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका अनुसार भिमदत्त राजमार्गको डोटीको जोरायल गाउँ पालिका–२ गरुड भन्ने सडक खण्डमा बस दिउँसो सवा तीन बजे दुर्घटना भएको हो । बसमा सवार २५ जना यात्रु मध्ये १० जना घाइते भएका छन् । घाइते सबैको उद्धार भएको छ ।


घाइते मध्येका चार जनालाई गम्भीर प्रकृतिको चोट लागेको क्षेत्रीय ट्राफिक कार्यालयका प्रहरी निरीक्षक मोहन साउदले बताएका छन् ।


अन्यको अवस्था समान्य रहेको छ । घाइतेलाई अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि ल्याउँदै गरेको उनले बताए । बस अनियन्त्रत हुँदा सडकबाट १० मिटर तल खसेको थियो ।

प्रकाशित : कार्तिक २, २०७६ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?