१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

चौरपाटीमा ठेकेदारबीच विवाद , तीन जना प्रहरी नियन्त्रणमा 

मेनुका ढुंगाना

अछाम — अछामको चौरपाटी गाउँपालिकामा ठेकेदारबीच विवाद भएको छ । गाउँपालिकाको वडा नम्बर ७ मार्कुको शान्ति मावि र वडा नम्बर ५ लुङग्राको दया पिपलतोला माविमा ८/८ कोठे विद्यालय भवन निर्माणमा टेन्डरको विषयलाई लिएर ठेकेदारबीच विवाद भएको हो ।

चौरपाटीमा ठेकेदारबीच विवाद , तीन जना प्रहरी नियन्त्रणमा 

बिहीबार २ बजे मूल्यांकन समितिले टेन्डर खोल्ने बेलामा विवाद भएको हो ।


स्थानीयका अनुसार कांग्रेस निकटका रामबहादुर खड्काले कम मूल्यमा टेन्डर हालेको र उनैले पाउने थाहा पाएपछि नेकपा निकटका ठेकेदार बमबहादुर धामीले आक्रोशमा आएर सबै कागज च्यातेका हुन् ।


'हामी ठेक्का कसले पाँउछ भन्ने प्रक्रियाको अन्तिम चरणमा थियौं । त्यति नै बेला ठेकेदार बमबहादुर धामीभित्र पसे । सबै कागज हातमा लिएर बाहिर फ्याँके । तल पट्टी अरु केटाहरूले समातेर सबै च्याते' चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद ढुंगानाले भने,'आफू ठेक्का नपाउने आक्रोशमा घटना घटाए । मिलेमतो भएन । पैसा खान पाएनन् । कागजत जलाइदिए ।'


उनका अनुसार दयापिपलतोला मावि र शान्ति माविमा ८२ र ८३ लाखमा विद्यालय भवन बनाउनु पर्नेछ । यी दुई भवन बनाउनको लागि १५ जना भन्दा बढिले टेण्डर हालेका थिए ।

यता प्रहरीले भने कागजात च्यात्ने बमबहादुर धामीलगायत अन्य दुई जनालाई पक्राउ गरेको छ । 'तीन जनालाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइरहेका छौं । अहिले बाटोमै छन । यहाँ पुर्याएपछी विस्तृत बुझ्नेछौ ' प्रहरी निरीक्षक कलेन्द्र बहादुर शाहीले भने ।

प्रकाशित : आश्विन ३०, २०७६ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?