कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

खसीबोका बिक्रीले दसैं खर्च

मनोज बडू

दार्चुला — दसैं सुरु भएसँंगै जिल्लामा खसीबोकाको कारोबार हुन थालेको छ । व्यास गाउँपालिका ५ चुकपानीका द्रोपति विष्टले दसै खर्च जोहो गर्न खसीबोका बेच्दैछिन् । गाउँलेहरू जस्तै रमाईलो किसिमले दसैं मनाउन खसीबोका बेच्न ग्राहकको पखाईमा रहेको बताईन् ।

‘यसअघिका बर्षमा पनि खेसी बोका बेचेर दसै मनाउदै आएको थिए । ‘यो बर्ष पनि बेच्न लायक तीन वटा खसी छन्’ उनले भनिन्, ‘खसीबोका बेच्न जानलाई समय छैन । त्यही भएर घरमै ग्राहक पर्खेर बसेको छु ।’

खसी बिक्रीबाट ३०/३५ हजार हुने अनुमान उनको छ । यसबाट दसै. तिहारको खर्चसंँगै एकाध महिनाको घ।ायसी खर्च पनि जुटाउन सके राम्रो हुने उनले बताइन । आम्दानीको अन्यस्रोत नहुँदा खसीबोका बेचेरै दसैको मनाउनु परेको उनले बताईन् । यतिबेला सदरमुकाम खलंगा, गोकुलेश्वर, लटिनाथ लगायतका बजार क्षेत्रमा चाडपर्वका लागि सामग्री खरिद गर्ने र बिक्री गर्नेहरूको चहलपहल बढिरहेको छ । दसै सुरुभएसंँगै परम्पराअनुसार बलि चढाउन खसीबोकाको खरिद बिक्री बढी हुने गरेको छ ।

महाकाली नगरपालिका ६ पौन्याखोलाका जमनसिंह बोहराले खसीबोका बिक्रीका लागि दुई दिनदेखि सदरमुकाम खलंगामा छन् । १५ खसीबोका डोर्‍याएर गाउँबाट सदरमुकाम पुगेका उनले अहिलेसम्म ७ बिक्री गरिसकेका छन् ।

अन्य समयभन्दा दसैंमा राम्रो मूल्य पाईने र बिक्री पनि सहजै हुने हुँदा खसीबोका बिक्रीका लागि यहाँ आएको उनले बताए । व्यवसायीक बाख्रापालन क्रमिक रुपमा बढ्दै गएको देखिन्छ । जिल्लामा विभिन्न निकायबाट अनुदान पाउन थालेपछि व्यवसायीक बाख्रापालन गर्नेहरू बढेका हुन ।

यतिवेला गाउँका स्थानीय पशुपालक किसानहरू खसीबोका बिक्रीका लागी सहरतिर झर्न थालेका छन् । ‘दसै खर्च चलाउनका लागी ६ महिना देखि दुई वर्षसम्मका खसीबोकाहरू बिक्रीका लागि यहाँ पुगेका छौ’ ‘विगतदेखि नै व्यवसायीक रुपमा बाख्रापालन गर्दै आएका नौगाड गाउपालिका ३ खारका रमेश ठगुन्नाले भने, ‘यसअघिका दसैंमा ८/१० खसीबोका बिक्री गर्थे । यसपाली बढी बिक्री गर्ने लक्ष्य छ । खसीबोका बिक्रीबाट प्राप्त रकमले दशै मनाउदै आएको छु ।’


उनीहरूको समूहले खलंगामा बिक्रीका लागि १५ देखि २० खसीबोका ल्याएका थिए । ग्राहक मिले एक दिनमा बिक्री हुने र नमिले अन्तिममा मासु पसलेहरूलाई बिक्री गर्ने सोचले सदरमुकाम झरेको ठगुन्नाले बताए । आफूसित साढे चार हजारदेखि १५ हजारसम्मका खसीबोका छन् । सबै बिक्री हुन सके समयमै घर फर्किने र दशैको जोहो गर्न सकिन्थ्यो ।

तर, अहिलेसम्म २३ मा आधा बिक्री भएको उनले जानकारी दिए । त्यस्तै गाउँबाट संकलन गरेर विगत एक दशकदेखि खसीबोका बिक्री गर्दै आएको व्यास गाउँपालिका ४ का दरपानसिह कुवरका अनुसार एक खसीबोकामा ५ सयदेखि एक हजारसम्म नाफा पाईन्छ । अहिले गाउमै खसीबोकाको बिक्री बढ्न थालेपछि थोरै मात्र कमाई हुने गरेको उनले बताए ।


जिल्लाका व्यास, नौगाड, अपीहिमाल र मार्मा गाउँपालिकामा अन्य ठाउँको तुलनामा बढी भेडा बाख्रापालन हुने भएकाले यहाँ अन्य ठाउँबाट आएर मानिसहरू खसी, बोका र भेडाबाख्राहरू संकलन गर्ने गर्छन् । यहाँबाट संकलन गरेर कम भेडाबाख्रा पालन हुने ठाउँमा गएर बिक्री गरेर फाईदा उठाउने गर्छन् ।

व्यवसायीक रुपमा बाख्रापालन गर्ने र परम्परागत रुपमा भेडाबाख्रा पाल्दै आएका किसानहरूको मूल्यमा भिन्नता हुने गरेको छ । चरण क्षेत्र बढी भएका ठाउँहरूमा अहिले व्यवसायीक रुपमा भेडाबाख्रा पाल्ने किसानहरू बढ्दै गएका छन् । ठाउँ अनुसार खसीबोकाको मूल्यमा पनि अन्तर हुने गरेको छ ।

प्रकाशित : आश्विन १७, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?