कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

आम्दानी जति जेहेनदारलाई

कान्तिपुर संवाददाता

बझाङ — जयपृथ्वी नगरपालिका १० का अध्यक्षले आफ्नो कार्यकालमा प्राप्त हुने सबै तलब जेहेनदार विद्यार्थीको शिक्षामा खर्च गर्ने भएका छन  । वडाअध्यक्ष दलबहादुर विष्टले आफुले पाउने सबै तलब रकमको अक्षयकोष स्थापना गरी गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएका हुन  ।

उनले मासिक २२ हजारका दरले पाँच बर्ष सम्म आउने वडाअध्यक्षको पारिश्रमिक १३ लाख २० हजारमा १ लाख ८० हजार रुपैयाँ थपेर १५ लाखको अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष ४ जना गरिब, विपन्न तथा जेहेनदार बालबालीकालाई छात्रवृत्ती दिन लागेका हुन ।


उनले आफुले अध्ययन गरेको सत्यवादी उच्च माध्यमिक विद्यालयमा पढ्ने दुईजना छात्रा र दुइ जना छात्रलाई प्रत्येक वर्ष छात्रबृत्ती दिने छन । छात्रवृत्तीको व्यवस्थापन गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा फाउन्डेसन दर्ता गरीसकेको उनले बताए ।


निर्माण व्यवसायी समेत रहेको वडाअध्यक्ष विष्टले आफ्नो व्यवसायबाट जीवन निर्वाह चलिरहेको र राजनीति सेवाका लागि गरेको बताए । ‘मैले पैशा कमाउनका लागि भन्दा पनि समाजको विकास र समुन्नतीका लागि राजनीतिमा लागेको हुँ’ उनले भने ‘यसबाफत आउने रकमले समाजमा रहेका गरिब र जेहेनदार विद्यार्थीलाई सहयोग गर्न पाएकोमा खुशी लागेको छ ।’ शिक्षा नै समाज रुपान्तरणको एक मात्र माध्यम भएकोले उनले आर्थिक अभावमा शिक्षाको अवसरबाट बञ्चित नहुन भनेर विद्यार्थीहरूलाई सहयोग गर्न लागेको बताए ।


सत्यबादी उच्च माध्यमिक विद्यालयका प्राचार्य रामदत्त उपाध्यायले वडाअध्यक्ष विष्टको प्रयासको प्रसंसा गरे । उनले विद्यालयमा अध्यनरत धेरै वालवालिका जेहेनदार हुँदा हुँदै पनि आर्थिक अभावमा पढाइ पुरा गर्न नसक्ने अवस्था रहेको बताउदै छात्रवृतीकोषले यस्ता विद्यार्थीको भविश्य सुरक्षित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : आश्विन १७, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?