कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अरिंगालको टोकाइबाट बालकको मृत्यु

संगीता तिमिल्सेना 

बाजुरा — बाजुरमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ । बडिमालिका नगरपालिका–९ का ४ वर्षीया सुमित थापाको अरिंगालको टोकाइबाट मृत्यु भएको हो ।

अरिंगालको टोकाइबाट बालकको मृत्यु

बिहीबार दिउँसो घर नजिकै खेलिरहेको अवस्थामा अरिंगालहरु आएर टोकेको आफन्तले बताएका छन् ।


अरिंगालको टोकाइबाट सिकिस्त भएका थापालाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।


अरिंगालको टोकाइबाट अन्य ३ जना बालबालिका पनि घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन १६, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?