प्रहरी भ्यान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्को निर्णय 

अर्जुन शाह

(धनगढी) — सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दुई महिनाअघि खरिद गरेका प्रहरी भ्यान बुधबार प्रदेश प्रहरी प्रमुखको कार्यालयलाई हस्तान्तरण गरेको छ । 

प्रहरी भ्यान हस्तान्तरण गर्ने मन्त्रिपरिषद्को निर्णय 

गत आर्थिक वर्षको असार मसान्तमा खरिद भएका ती गाडीहरु हस्तान्तरण गर्न कानुन बाधा भएकोले मन्त्रालयमै थन्किएका थिए । आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणिप्रसाद लम्साललाई ९ वटै गाडीको साँचो हस्तान्तरण गरेका हुन् । मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारमा ती गाडी खरिद गरेको थियो । ती गाडीहरु प्रदेश प्रहरी गठन भएपछि मात्र जिल्लालाई हस्तान्तरण गर्ने भन्ने बजेट शीर्षकमा उल्लेख भएकाले मन्त्रालयमै थन्किएका थिए ।


‘मंगलबार मन्त्रिपरिषद्‌द्वारा ती गाडीहरु जिल्लालाई हस्तान्तरण गर्ने निर्णय भएपछि वितरण गर्ने बाटो खुलेको हो’ मन्त्रालयका सचिव कृष्ण राउतले भने, ‘प्रदेश प्रहरी गठन नभएपनि जिल्लाहरुलाई एउटा गाडी उपलब्ध गराउने योजनामा कुनै खोट थिएन ।’


जिल्लाहरुमा सवारी साधन अभावले समस्या भइरहेका बेला प्रदेश सरकारले गाडी उपलब्ध गराएपछि शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहज हुने डिआइजी लम्सालले बताए ।

प्रकाशित : आश्विन ८, २०७६ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?