कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आमा र तिम्ल्याहा शिशुको उद्धार

मनोज बडू

(दार्चुला) — नौगाड गाउँपालिका २, दल्लेककी मानमति धामीले सोमबार बिहान तिम्ल्याहा छोरी जन्माइन्  । नौगाड गाउँपालिका ३ स्थित खार स्वास्थ्य चौकीमा तीन छोरी जन्माए पनि आमा र शिशुको शारीरिक अवस्था निकै कमजोर हुँदै गएपछि थप उपचार र स्याहारका लागि सेनाको हेलिकप्टरमार्फत मंगलबार नेपालगन्ज रिफर गरिएको छ  ।

दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा न्यानो गराउने मेसिन नहुँदा समस्या भएको अनमी जानकी ठगुन्नाले बताईन् । अक्सिजन मेसिनसमेत छैन् । चौबीसै घण्टा प्रसूति सेवा भए पनि उपकरण अभावमा समस्या आएको हो । आमा र नवजात शिशुको अवस्था कमजोर रहेको भन्दै उनीहरूलाई आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि हेलिकप्टर मार्फत नेपालगन्ज पठाईएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए । धामी निधारित समय अगावै प्रसुती भएकी हुनाले स्वास्थ्य अवस्था कमजोर हुन पुगेको अनमी ठगुन्नाले बताईन् ।

स्वास्थ्य केन्द्रमा प्रसूति सेवा सम्बन्धी सामान्य सेवाबाहेक अरु जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र रेफर गर्नुपर्ने विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ । ‘एकै पटक तीन सन्तानको जन्म दिएकी मानमतिको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनको तत्काल उद्धार गरिएको हो । जिल्लामा उपचार सम्भव थिएन्’ अनमी ठगुन्नाले भनिन्, ‘सबै क्षेत्रबाट थप उपचारका लागि पहल गरेपछि अहिले उनलाई सुविधा सम्पन्न अस्पतालमा रिफर सम्भव भएको हो ।’ तीन तहका जनप्रतिनिधि र जिल्ला प्रशासनको पहलमा सेनाको हेलिकप्टरमार्फत धामीको उद्धार गरिएको स्थानीय रघुवीरसिह ठगुन्नाले बताए । सोमबार नै उनलाई जिल्ला बाहिर रिफर गर्ने पहल गरिएपनि समय अपुग भएपछि मंगलबार नेपालगन्ज पठाइएको प्रजिअ बिष्टले बताए ।

‘सामान्य रुपमा प्रसूति भएकी छिन्’ स्वास्थ्य चौकी खारकी अनमी जानकी ठगुन्नाले भनिन्, ‘जन्माउदा त्यति समस्या भएन । कमै तौलका शिशुहरू जन्मेकाले अब समस्या आउन सक्छ ।’ एक शिशुको डेढ किलोग्राम तौल छ । अन्य दुई शिशुहरूको एक किलोग्रामको हाराहारीमा तौल रहेको स्वास्थ्य चौकीले जनाएको छ । कमै उमेरका यो सहित मानमति तीन पटक प्रसूति भएकी छिन् । यसअघिको दुई पटक बच्चा पाईसकेकि थिएन् । उमेर २५ बर्ष पुगेको छ । जिल्लाका कतिपय निःशुल्क प्रसूति केन्द्रमा सुत्केरी आमा र शिशुलाई राख्ने ठाउँ नहुदा सुत्केरी भएको ५/६ घण्टामै स्वास्थ्य संस्थाबाट घर लैजाने गर्छन् ।

प्रकाशित : आश्विन ८, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?