१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

आर्थिक अभावले उपचार भएन

टीकापुर — कैलाली बर्दगोरिया गाउँपालिका ४, पश्चिम मुक्त कमैया टोलका फूलराम चौधरीलाई २० वर्षीय छोरा जीवनको उपचार गर्न नसकेको पीडामा छ्टपटिनुपरेको छ  । जीवन क्यान्सरसँग जुधिरहे पनि आर्थिक अभावले उपचार गराउन सकेका छैनन्  ।

दिनभर मजदुरी गरी परिवारको छाक टार्ने उनका दाजु भगवानको दैनिकी पनि भाइको हेरचाहमै बित्ने गरेको छ । ‘भाइ बाँच्ला भन्ने आश त छैन,’ उनले भने, ‘हामी कमैयाले उपचारका लागि त्यत्रो पैसा कहाँबाट ल्याउने ?’ अस्पतालले उपचार खर्च १५ लाख रुपैयाँ लाग्ने भनेपछि उनी भरतपुर चितवनबाट घर फर्किएका हुन् । सरकारले दिएको ५ कट्ठाबाहेक अन्य चल–अचल सम्पत्ति केही नभएको फूलराम बताउँछन् । उनले भने, ‘कसैले सहयोग गरे भए मेरो छोरा बच्थ्यो ।’

गत जेठदेखि बिरामी भएका जीवनको धेरै ठाउँमा जाँच र उपचार गरे पनि स्वास्थ्यमा सुधार भएन । परिवारसँग भएको सबै पैसा पनि सकियो । गत असारमा धनगढीको एक आस्पतालले ब्लड क्यान्सरको आशंका गर्दै भरतपुर क्यान्सर अस्पताल चितवन रेफर गरेको थियो । क्यान्सर अस्पतालले उनलाई ब्लड क्यान्सर भएको निर्क्योल गरेपछि परिवार निराश छन् । फूलरामले सबैसँग सहयोगको अपिल पनि गरेका छन् ।

जीवन कालिका मावि नौनियामा कक्षा १० मा अध्यनरत छन् । उनकै कक्षाका साथीहरूबाट संकलित केही रकम र उज्यालो नौनिया युवा समाजले ७ हजार ५ सय ७५ रुपैयाँ सहयोग गरेको छ । तर त्यो रकमले उपचार गराउन सम्भव हुने कुरै भएन । शिक्षक प्रमोद साउँदले भने, ‘एक–एक थोपाले समुद्र बन्छ भने जस्तै सबैले सक्दो सहयोग गरे उनको उपचार गर्न सकिन्थ्यो । जीवनले नयाँ जीवन पाउथे ।’

प्रकाशित : आश्विन ८, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?