२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

चट्याङ्ले १५ भेडा मरे

गणेश चौधरी

टीकापुर — कैलालीको जानकी गाउँपालिका-९ कटासेमा चट्याङ्ले १५ भेडा मरेका छन्  । मंगलबार  बिहान पानी आउँदा साजको रुखमा ओत लागेका बेला पानी सँगै चट्याङ् पर्दा १५ भेडा घटनास्थलमा मरेको  अमरावती प्रहरी चौकीले जानकारी दिएको छ ।

जानकी गाउँपालिका-९ बकलौवा शिविरका विपतराम चौधरीले बिहान उक्त भेडा जंगलमा चराउन लगेका थिए । जंगलमा चराउन लैजाँदा पानी परेपछि कटासे पुल नजिकै साजको रुखमा भेडाहरु ओत लागेका थिए ।


प्रकाशित : आश्विन ७, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?