कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट

रासस

अछाम — नेत्रविक्रम चन्द समूहले बिहीबार राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा उक्त समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । 

विस्फोटबाट ठूलो क्षति नभएको शाहीले बताए । तार जोडेर करिब १०० मिटर टाढाबाट बम विस्फोट गराइएको पाइएको छ । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताए । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनको निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।

प्रकाशित : आश्विन ३, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?