१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी 

संगीता तिमिल्सेना 

बाजुरा — जिल्लाको जगन्नाथ गाउँपालिका ३ मोहतीमा रहेको वडा कार्यालयमा आगजनी गरिएको छ । बुधबार राति करिब ९ बजे अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेको वडाध्यक्ष डम्मरबहादुर शाही जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयका सम्पूर्ण कागजपत्र जलेर नष्ट भएका छन् भने वडा कार्यालयका १६ वटा कुर्सी, कम्प्युटर सबै सामान जलेका छन् ।


वडा कार्यालयमा आगजनी गर्ने अज्ञात समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख उद्धवसिंह भाटले बताए । स्थानीय धुव्रबहादुर शाहीको घरमामा भाडामा रहेको उक्त वडा कार्यालयका झ्याल ढोका फोडी कागजपत्र बाहिर निकालेर जलाएको वडाध्यक्ष शाहीको भनाइ छ ।

प्रकाशित : आश्विन २, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?