कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुदूरका पहाडी जिल्लामा भूकम्पको धक्का

तृप्ति शाही

बैतडी — बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । 

सुदूरका पहाडी जिल्लामा भूकम्पको धक्का

सोमबार राति ८ बजेर १८ मिनेटमा धक्का महसुस गरिएको हो । नेपाल—भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले बताए ।

बैतडीसँगै दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको उनले बताए ।


बैतडीमा कुनै क्षतिको जानकारी नआएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।




प्रकाशित : भाद्र ३०, २०७६ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?