कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

मेनुका ढुंगाना

(अछाम) — कमलबजार नगरपालिका १ कमलबजारकी २०वर्षीया गर्भवती इन्द्रा बिकको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत माउन्टेन हेलिकप्टरबाट आइतबार साँझ ५ बजे नेपालगन्ज पठाइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

उनका अनुसार प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ , राष्ट्रियसभा सांसद शेरबहादुर कुँवर, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका अन्जु ढुंगाना, सूदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, बयालापाटा अस्पतालका डाक्टर विकास गौचनले आइतबार बिहानैदेखि हेलिकप्टर ल्याउन पहल गरिएका थिए ।


भदौ २६ गते ज्वरो, रुघाखोकी र स्वास फेर्न गाह्रो भएपछि उनी बयालपाटा अस्पताल पुगेको डाक्टर गौचनले बताए । '७ महिनाको गर्भवतीमा सेक्टिक्स नामक भाइरसले शरीर भरी संक्रमण गरेको रहेछ । यो अवस्था निकै जोखिमपूर्ण हो' उनले भने,' ती महिलालाई आइसीयुमा राख्नु पर्ने र त्यो सुविधा अछाममा नभएपछि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको छ ।'


अछाममा हेलिकप्टरमार्फत गर्भवती उद्धार गरिएको यो पहिलो घटना हो ।

प्रकाशित : भाद्र २९, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?