कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

लम्कीचुहा नगरपालिका कार्यालयमा आगजनी

टीकापुर — कैलालीको लमकीचुहा नगरपालिका कार्यालयमा शनिबार राति आगजनी भएको छ । अज्ञात समूहले नगर प्रमुख महादेव बजगाइको कार्यकक्षमा आगजनी गरेको हो । आगजनीबाट कार्यालयका कार्पेट कुर्सी लगायत सामान जलेर नष्ट भएको नगरपालिका कार्यालयले जनाएको छ ।

झ्यालको सीसा फोडेको र दुइ वटा पेट्रोलका बोतल तथा हथौडा भेटिएको जनाइएको छ । नगरपालिकाले प्रस विज्ञपती प्रकाशित गरी कार्यालयमा आगजनी गर्ने अपराधिक गतिविधिको भर्त्सना गर्दै संलग्नलाई कडा कारवाहीको माग गरेको छ ।


प्रकाशित : भाद्र २९, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?