कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ड्युटीका प्रहरीमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ  

संगीता तिमिल्सेना 

बाजुरा — डिउटीमा खटिएका प्रहरी टोली माथि हातपात गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । बडिमालिका नगरपालिका–८ मा लागेको अनन्ते मेला सुरक्षामा खटिएका प्रहरीमाथि मदिरा सेवन गरेर हातपात गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । 

ड्युटीका प्रहरीमाथि हातपात गरेको आरोपमा ५ जना पक्राउ  

शनिबार साँझ मेलामा मदिरा सेवन गरी होहल्ला गर्दै हिँडेका अमृत बोहरा, केशव गिरी, हरिशंकर जोशी, बडिमालिका नगरपालिका–८ का गोरख थापा र सोही वडाकी धनी थापालाई प्रहरीले नियन्त्रणमा लिएको ढुंगानाले जानकारी दिए ।


मदिराले मातेका युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा डिउटीमा रहेका प्रहरीमाथि हातपातबाट टोली प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर चन्दसहित प्रहरी जवानहरुलाई चोट लागेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

घाइते सहायक निरीक्षक चन्दको गालाको दाहिने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नहुँदा जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ । पक्राउ गरिएका पाँच जनामा माथि अनुसन्धान भइरहेको ढुंगानाले बताए ।


अनन्ते मेलालाई व्यवस्थित बनाउन बडिमालिका नगरपालिका र अन्य सरोकारवालाको बैठकले मेला अवधिभर मदिरा बिक्री, वितरण र सेवनमा रोक लगाउने निर्णय गरेको थियो । मेला अवधिभरमा बेच्नेलाई पाँच हजार र सेवन गरेको भेट्टाएमा २ हजार ५ सय जरिवाना तोकेको थियो ।

प्रकाशित : भाद्र २९, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?