१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुदूरपश्चिममा डेंगुका ३२ र स्क्रब टाइफसका ४५ बिरामी

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा डेंगुका बिरामीको संख्या बढ्दै गएको छ । बिहीबार सुदूरपश्चिमका विभिन्न जिल्लामा डेंगु र स्क्रब टाइफसका बिरामीको संख्या ७७ पुगेको मन्त्रालयले जनाएको छ । डेंगुका ३२ र टाइफसका ४५ बिरामी छन् ।

सुदूरपश्चिममा डेंगुका ३२ र स्क्रब टाइफसका ४५ बिरामी

डेंगुबाट सबैभन्दा बढी कैलाली प्रभावित भएको छ । बिहीबारसम्म १५ जना डेंगु र ५ जना स्क्रब टाइफसका बिरामी कैलालीमा देखिएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयले दैनिक रुपमा डेंगुको असर र बिरामी हरुको तथ्यांक सार्वजनिक गर्ने गरेको छ ।


यस्तै सबैभन्दा बढी स्क्रव टाइफसका बिरामी डडेलधुरामा फेला परेका छन् । हालसम्म ४० जनामा स्क्रब टाइफस देखिएको छ । डेंगुबाट कैलालीपछि दार्चुलामा बढी संख्या देखिएको छ ।


दार्चुलामा ८, कञ्चनपुरमा ६, डोटीमा १, अछाममा १ र बैतडीमा एक जनामा डेंगु देखिएको छ । यी मध्ये डोटीमा एकजनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित : भाद्र २७, २०७६ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?