१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु 

संगीता तिमिल्सेना 

बाजुरा — जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण बुधबार बेलुकी सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोरा रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए ।

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु 

बोहरालाई चिकित्सकले दिएको समयभन्दा दुई दिन पहिले नै ब्यथा लागेको थियो । बोहराले दुई वर्ष पहिले जिल्ला अस्पताल बाजुरामै शल्यक्रिया गरी शिशु जन्माएकी थिइन् ।

सुत्केरीको उपचारमा संलग्न डाक्टर दुर्गा महर्जनका अनुसार बोहराको शरीरबाट अत्यधिक रक्तश्राव भएकाले मृत्यु भएको हो । बोहोरालाई भ्याकुममार्फत सुत्केरी गराउँदासम्म उनको अवस्था सामान्य थियो। त्यसपछि एक्कासी बढी रक्तश्राव भएको डाक्टर महर्जनको भनाइ छ ।


रक्तश्रावपछि रगत दिन नपाउँदै बोहोराको मृत्यु भएको कार्यालय प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताए ।


जिल्ला अस्पताल बाजुरामा १८ दिन अघि भदौ ७ गते बडीमालिका नगरपालिका–७ जिल्लीकी बसन्ती नेपालीको मृत्यु भएको थियो । मृतकका आफन्तले भने मृत्युबारे कुनै प्रतिक्रिया जनाएका छैनन् ।



प्रकाशित : भाद्र २५, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?