कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सहरमा पनि बालविवाह 

मोहन बुढाऐर

धनगढी — बालबिवाह गरेकी रेखा अहिले घर न बारकी भएकी छिन् । उनी काकाको घरमा आ श्रय लिएर धनगढीमा बस्दै आएकी छिन् । 
उनी भन्छिन्, ‘प्रेम सम्बन्धले जीवनमा ठूलो धोका दियो । जबरजस्ती मलाई १५ वर्षकै उमेरमा माइतीबाट उठाइयो ।’ कुरो ५ वर्षअघिको हो ।

सहरमा पनि बालविवाह 

उनी कैलालीको भजनी क्षेत्रको एक स्थानीय विद्यालयमा कक्षा १० पढ्थिन् । त्यसबेला उनको उमेर १५ वर्ष मात्र थियो । गाउँकै उनको उमेरका विजयसँग हिमचिम बढ्दै गएको थियो । केटातर्फबाट प्रेम प्रस्ताव पनि आयो र घनीभूत ढंगले जोडिएको सम्बन्धमा उनले नकार्न सकिनन् । ‘प्रेम प्रस्ताव गरेको केही दिनमै केटाबाट विवाहको प्रस्ताव आयो,’ उनले भनिन्, ‘तर मैले स्वीकारेन, उसले विवाह नगरे अर्को केटी रोज्नेजस्ता धम्कीपूर्ण दबाब दिन लाग्यो ।’


केही दिनपछि दसैं आयो । दसैंका दिन उनलाई विजयले आफ्नो घरमा लिएर गए । ‘विजयकी आमाले पनि फकाउन खोजिन्,’ रेखाले भनिन्, ‘तर मेरो विजयसँग प्रेम सम्बन्ध भए पनि अहिल्यै विवाह गर्दिनँ भनें । म पढ्छु भनें ।’ तर कुरो त्यतिकैमा अन्त्य भएन् ।


विजयकी आमाले आफ्नो छोरा प्रेममा पागल बन्दै गएकाले जबरजस्ती थुनेर राख्ने धम्की दिएकाले १ महिनाजति बाध्य भएर बस्नुपरेको बताइन् । ‘आमा र दाजु मलाई लिन पनि आएका थिए,’ उनले भनिन्, ‘त्यसबेला आमाबुबाको साथमा पनि घर फर्कन दिइएन ।’ रेखाको आमा र २ दाजुभाइ थिए । उनका बुबा सानैमा बितेका हुन् । उनकी आमाले किराना पसल थापेर घर खर्च चलाइरहेकी थिइन् ।


उनका अनुसार महिनादिन नपुग्दै विजय कामका लागि भारत गए । ‘घरको काम सबै आफैंले गर्नुपर्थ्यो,’ उनले भनिन्, ‘लाग्यो घरमा काम गर्न राखेको रहेछ ।’ यसैबीच उनको जबरजस्ती गरी बुहारी बनाएर राखेको पत्ता लागेको बालविवाहविरुद्ध कार्यरत संस्था वर्ल्ड भिजनका चेतराज भट्टराई बताउँछन् ।

उक्त घटना वडाध्यक्ष र वडा स्तरीय बाल संरक्षण समितिका प्रतिनिधिहरूको रोहबरमा जबरजस्ती बिवाह गर्न नसक्ने सम्झौता भएपछि रेखा र विजयलाई हस्ताक्षर गराइएको भट्टराई बताउँछन् । अहिले आमा र दाजुहरूले पढाइमा सघाएको उनले बताइन् । उनी कक्षा १२ मा व्यवस्थापन विषय लिएर अध्ययन गरिरहेकी छन् ।


बालविवाहमा फसेर दुःख पाउने रेखा त एक प्रतिनिधि हुन् । समाजमा जबरजस्ती बालविवाहमा परेका अन्य थुप्रै घटना रहेको भट्टराईको अनुभव छ । उमेर नपुग्दै विवाह गर्ने चलन ग्रामीण क्षेत्रमा मात्र नभई तराईका सुगम तथा सहरी क्षेत्रमा पनि व्याप्त देख्न सकिन्छ ।


स्वेच्छिक बालविवाहमा परेकी धनगढीकी निर्याता (नाम परिवर्तन) पनि अहिले पछुतोमा छिन् । उनी कक्षा ८ मा पढ्दापढ्दै आफैंले रोजेर १५ वर्षको उमेरमा प्रेम बिवाह गरिन् । ‘सानैमा बुबाले छाडेर गएपछि आफ्नो इच्छा र चाहना सहरमा बसेर पुरा गर्न सकेनँ,’ उनले भनिन्, ‘राम्रै घरको केटासँग प्रेम विवाह गर्दा भावी जिन्दगीका सपना पूरा होलान् भन्ने लागरे भागेरै विवाह गरेँ ।’

प्रकाशित : भाद्र २४, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?