१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जुलाघाट नाकामा पक्की पुल माग गर्दै अनशन

तृप्ति शाही

बैतडी — नेपाल–भारत सीमा जुलाघाटमा महाकाली नदीमाथि पक्की पुल निर्माणको माग गर्दै बैतडीमा अनशन सुरु गरिएको छ । ‘जुलाघाट पुल निर्माण संर्घष समिति’ले आइतबारबाट सदरमुकाममा रिले अनशन सुरु गरेको हो । 

जुलाघाट नाकामा पक्की पुल माग गर्दै अनशन

पुल निर्माणका लागि मौखिक र लिखित दबाव दिँदा सुनुवाई नभएकाले बाध्य भएर अनशन बस्नु परेको संर्घष समितिका संयोजक एवं उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए ।


२०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर सरकार र भारतीय राजदूतावासलाई बुझाए पनि कुनै सुनुवाई नभएको चन्दले बताए । पुल बनाउन नेताहरुले आश्वासमात्र बाड्ने गरेको उनको आरोप छ ।


भारत सरकारले २०५६ सालमा पुल निर्माणका लागि सर्भे गरे पनि काम अगाडि नबढेको चन्दले बताए । अहिलेको जुलाघाट नाकामा झोलुङ्गे पुल छ । वर्षौ‌ं पुरानो उक्त पुल समेत जीर्ण बन्दै गएको छ ।


पक्की पुल अभावमा भारतीय पर्यटक आउन नसकेको र व्यवसायमा समेत असर परेको स्थानीय दिपेश शाहले बताए ।

प्रकाशित : भाद्र २२, २०७६ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?