कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कृषकलाई बाँदरको हैरानी

बैतडी — बारीको मकै र तरकारी जोगाउन दशरथचन्द नगरपालिका ५, आइतकी भागरथी लेखकले रातदिन बारीमै बिताउँछिन् । यति गर्दा पनि बाली भने जोगाउन सकेकी छैनन ।

कृषकलाई बाँदरको हैरानी

भागिरथी मात्र होइनन, यहाँका ६ सय घरधुरी किसानलाई बाँदरले हैरान बनाएको छ । जति कोसिस गरे पनि बाली जोगाउन नसकिएको स्थानीयको गुनासो छ । ‘बारीको मात्र होइन, घरभित्रै आएर पनि अन्न खाइदिने भएकाले पीडामा छौं,’ लेखकले भनिन् । दशरथचन्द नगरपालिका ४, ५, ६, ८, १० वडामा पनि बाली सखाप पारेको किसानहरूको भनाइ छ ।

खेती जोगाउनै नसक्ने अवस्था आएको वडा ८ का अध्यक्ष सुरेशसिंह थापा बताउँछन् । उनले भने, ‘यसपालि लगाएका धेरैजसो मकै गाईभैसीलाई भएका छन् । बाली जोगाउन दिनरात जाग्राम बस्दा पनि बाँदरबाट जोगाउन कठिन भएको । यस्तै हो भने अब गाउँमा कुनै पनि किसानले खेती लगाउने अवस्था हुन्न ।’ दशक अघिदेखि स्थानीय बासिन्दा लगातार बाँदरको सास्ती खेप्न बाध्य रहेको वडा ८ का दिलीपसिंह मौनीले बताउँछन् ।

अहिले दशरथचन्द नगरपालिकाले बाँदर नियन्त्रणका लागि १० लाख रुपैयाँ विनियोजन गरेको वडा ५ का अध्यक्ष नारायणप्रसाद भट्टले बताए । बाँदरले सखाप पार्न थालेपछि जिल्लामा मकै लगाउने क्षेत्रफल पनि घटेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ । बाँदर र बँदेलले मकै बालीमा क्षति पुर्‍याउने भएकाले किसानहरू खेती गर्न छाडेको केन्द्र प्रमुख कर्णबहादुर चन्द बताउँछन् ।

प्रकाशित : भाद्र १९, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?