कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मृतकको रकम बुझ्दै जनप्रतिनिधि 

दार्चुला — मृत्यु भइसकेका आफ्ना बाबुको नामको सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक भत्ता एक वडा–सदस्यले बुझ्ने गरेको पाइएको छ । मालिकार्जुन गाउँपालिका १ का वडा–सदस्य वीरसिंह धामीले मृत्यु भएका आफ्ना बुवाको ज्येष्ठ नागरिक भत्ता बुझेका हुन् । 

वडा कार्यालयले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीय खडकसिंह चैसिरले गलत प्रवृत्ति रोक्नुपर्ने ठाउँमा पुगेका जनप्रतिनिधि आफैंले गत पुसमा मृत्यु भएका आफ्ना बाबु शिवलालसिंह धामीका नामबाट ज्येष्ठ नागरिक भत्ता बुझेको आरोप लगाएका हुन् ।


वीरसिंह सैनिक सेवाबाट अवकाशप्राप्त कर्मचारी पनि हुन् । उनले मृत्यु भइसकेका अन्य २ जनाको पनि ज्येष्ठ नागरिक सुरक्षा भत्ता बुझ्न लगाएको स्थानीयको आरोप छ । स्थानीय उमादेवी धामीको भत्ता पनि उनी आफैंले बुझ्छन् । यस्तै मानमति पन्तको भत्ता पनि दिनेशराज पन्तलाई बुझ्न लगाइएको स्थानीयको आरोप छ ।


वडाध्यक्ष गौरसिंह बोहरा भने आफू बाहिर भएकाबेला भत्ता बुझेको भेटिएको बताउँछन् । बाहिर भएको अधिकांश समयमा वीरसिंह नै कार्यवाहक चलाउने गरेको बोहोराको भनाइ छ ।

प्रकाशित : भाद्र १७, २०७६ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?