जीप दुर्घटनामा दुइको मृत्यु

मेनुका ढुंगाना

(अछाम) — मेल्लेख गाउँपालिका-७ नन्देगडामा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । साँफेबगरबाट मेल्लेखका लागि छुटेको से १ ज ९८६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले बताए ।

'जिल्लाबाट निरिक्षकको टोलि घटनास्थल पुग्दैछ । घाइतेलाई बयालपाटा अस्पताल ल्याउने काम हुँदैछ। मृत्यु हुनेकाे सनाखत हुन सकेको छैन,' उनले भने ।

अन्य ५ घाइतेको अवस्था सामान्य छ ।

प्रकाशित : भाद्र १३, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्

अपहरित बालकको ४ दिनपछि उद्धार

भरत जर्घामगर

(सिरहा) — सिरहाको बन्दीपुरबाट यही भदौ १० गते अपहरित ५ वर्षीय बालकलाई प्रहरीले उद्धार गरेको छ । पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सितामढीका शोभित मुखियाले आफन्त बच्चा यादवको ५ वर्षीय छोरालाई अपहरण गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय सिरहाद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अपहरणकारीलाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाइएको छ । मुखियाले पत्नी सुरेखालाई भगाउन बालकका बुबा-आमाले सहयोग गरेको आरोप लगाउँदै सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा शंकर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको छोरा शिवमलाई अपहरण गरेका थिए । अपहरणकारीले बालकका बुबा-आमालाई फिरौती बापत पत्नी सुरेखालाई फिर्ता मागेका थिए ।

पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गर्नु सिरहामा पहिलो घटना हो । यसअघि अपहरणकारीले अपहरितलाई फिर्ता दिन फिरौती रकम माग्ने गरेका थिए । रौतहटको कटहरिया नगरपालिका ६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए ।

चटपटे व्यवसाय गर्ने मुखिया बाहिर गएको बेला भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भागेपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दबाब दिन शोभितले उनीहरुका छोरा शिवम्‌लाई अपहरण गरेको प्रहरीले बताएको छ ।

‘बालक शिवम्‌लाई अपहरण गरेपछि शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भनेर फोन गरिरहन्थे’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले भने, ‘शोभितले गर्ने गरेको फोनबाट उसको लोकेशनलाई पछ्याउँदै जाँदा शोभितलाई afलकसहित पक्राउ गर्न सफल भयौं ।’

प्रकाशित : भाद्र १३, २०७६ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्