१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुदूरपश्चिमको वर्षे अधिवेशन अन्त्य, ८ वटा विधेयक पारित

अर्जुन शाह

(धनगढी) — सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन विभिन्न ८ वटा विधेयक पारित गर्दै आइतबार सम्पन्न भएको छ । सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्यसम्बन्धी प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरी बर्खे अधिवेशन अन्त्यको घोषणा गरेका हुन् ।

सुदूरपश्चिमको वर्षे अधिवेशन अन्त्य, ८ वटा विधेयक पारित

यस अधिवेशनमा युवा स्वरोजगार कोष, प्रदेश लोकसेवा आयोग गठन, प्रादेशिक औद्योगिक व्यवसाय, सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।


यस्तै, अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन, आव ०७६/०७७ को सेवा कार्यहरुका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, केही प्रदेश ऐन संसोधन गर्न बनेको विधेयक र सुदूरपश्चिमको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धको विधेयक पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


हालसम्म एउटा नियमावली र ३२ वटा विधेयकहरु पारित भएका छन् । प्रदेशसभामा ३३ वटा विधेयक दर्ता भए पनि सरकारले प्रदेशसभाका सचिव र सचिवालय सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको थियो ।


जेठ १ गतेदेखि सुरु भएको यो अधिवेशनमा ३४ दिनमा ३६ बैठक बसेको प्रदेशसभा सचिवालयले जनाएको छ । ‘बर्खे अधिवेशन ३४ घण्टा ४२ मिनेट चलेको छ’ प्रदेशसभा सचिवालय विधेयक शाखाका नासु भूमिप्रकाश जोशीले भने ।


प्रकाशित : भाद्र १, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?