३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

बाढीपहिरोमा ५० चौपाया बगे, २० को उद्धार 

संगीता तिमिल्सेना 

बाजुरा — जिल्लाको स्वार्मिकार्तिक गाउँपलिका–२ छुद्दरी टोलमा बुधबार बेलुका आएको बाढीपहिराेले ५० चौपाया बगाएकाे छ । मेलामा चराउन लगाएका ४८ गाईगोरु र २ भैसी साँझ घर फर्कने बेला एक्कासी आएको पानीले घर नपुग्दै बाटोमा पहिरोले बगाएको हो । 

करिब २० वटा पशुचौपायाको उद्दार गरिएको स्थानिय समाजसेवी मनबहादुर रोकायाले जानकारी दिएका छन् ।

रोकायाका अनुसार बाढीले मानवीय क्षती भने भएको छैन तर जमिनमा लाखौंको खेतीबाली समेत बगाएको छ ।

छुद्दरी टोल अहिले बाजुरा जिल्लाकै उच्च जोखिमा रहेको जिल्ला विपद् व्यस्थापन समितिको तथ्यांकमा छ ।

त्यस्तै स्वामिकार्तिक गाउँपालिका–१ को चिसापानीका, जोरु लगायतका टोलहरु अहिले बाढीको उच्च जोखिममा छन् । गाउँपालिकाको चिसापानी, जोरु लगायतका टोलमा माथिबाट पनि पहिरो आएको र तलबाट पनि बगिरहने भएकाले उक्त टोलहरु जोखिममा रहेको रोकायाले बताए । जोखिममा रहेका टोलका २० भन्दा बढी परिवारको तत्काल स्थानान्तरण गर्नुपर्ने रोकायाले बताए ।


वडा नम्बर १ का अध्यक्ष जनक रोकायाले भने तत्काल बस्ती स्थानान्तरण गर्न अर्को ठाउँ पनि सुरक्षित नभएकाले उनीहरुलाई सुरक्षित ठाउँमा रहेका छिमेमीको घरमा बस्न लगाउने बताए ।

स्वार्मिकार्तिक गाउँपलिकाको विभिन्न ठाउँमा पहिरो जाँदा स्थानीयले लगाएको धान, कोदो, मकै, फापर लगायतका बाली बगाएर सखाप पारेका छ । खानेपानी र सिचाई कुलो पनि भत्काएको वडाअध्यक्ष रोकायाले बताए । अहिले स्थलगत अनुगमन भइरहेको र पछि राहत वितरण गरिने वडाअध्यक्ष रोकायाले बताएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?