गुडिरहेको जिपमा आगलागी 

कान्तिपुर संवाददाता

टीकापुर — टीकापुर नगरपालिका‐१ टीकापुर बजारमा शनिबार दिउँसो गुडिरहेको जिपमा आगलागी भएको छ । टीकापुरको पार्क रोडमा गुडिरहेको बा ७ च ८३०९ नम्बरको जिपमा आगलागी भएको हो ।

प्रतिकात्मक तस्बिर

शैलेश्वरी ड्राइभिङ सेन्टर टीकापुरको जीपमा गुड्दागुड्दै एक्कासी आगलागी इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ ।

टीकापुर नगरपालिकाको दमकलले आगो निभाएको थियो ।
उक्त घटनामा कुनै मानवीय क्षति नभएपनि जिप भने जलेर पुरै नष्ट भएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

आँधीका कारण चीनमा १३ को मृत्यु, १६ बेपत्ता

रासस/एएनपी

बेइजिङ — चीनको पूर्वी क्षेत्रमा शनिबार बिहान आएको आँधीका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । चीनको पश्चिमी क्षेत्रमा आएको लेकिमा नामक तुफानबाट अरु १६ जना भन्दा धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

आँधीसँगै वर्षा पनि भएको थियो भने विद्युत सेवा अवरुद्ध भएको छ। अधिकारीहरुले हजारौं रुख ढलेको र दश लाखभन्दा बढी स्थानीय बासिन्दा घर बाहिर रहेको बताएका छन्।

प्रकाशित : श्रावण २५, २०७६ १८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्