कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पहिरोले केआइसिंह राजमार्ग अवरुद्ध

रासस

डाेटी — साेमबार रातिदेखि परेको लगातारको वर्षका कारण स्याले–दिपायल जोड्ने डा केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको डाँडा वनमा सडक माथिबाट ठूलो पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिए। 

सडक अवरुद्ध भए पछि तराईबाट दिपायल आउने तथा दिपायलबाट तराई जाँदै गरेका दर्जनौँ सवारी साधन तथा यात्रु अलपत्र परेका छन् । अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय कुल्पाते दिपायलबाट डोजर पठाइएको बताइएको छ ।


डोटीसहित सुदूरपश्चिम भरीमा साेमबार रातिदेखि ठूलो वर्षा भइरहेको छ । अवरुद्ध भएको राजमार्ग खुलाउन प्रहरी, स्थानीयवासी, यात्रु तथा सडकमा खटिएका कर्मचारी बिहानदेखि खटिइ पनि पहिरो ठूलो भएकाले खुलाउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?