कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गौरवका योजनामा कांग्रेसको बजेट

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलले प्रदेशका महत्त्वपूर्ण गौरवका योजनामा आवश्यक रकमको बजेट सार्वजनिक गरेको छ । सुदूरको समृद्धिका आधार भएका योजनामा प्रदेश सरकारको बजेट नपरेको भन्दै छाया सरकारका रूपमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले आवश्यक बजेट विनियोजन गरेको हो । 

प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले प्रदेश सरकारले आगामी आव ०७६/७७ को बजेटमा महत्वपुर्ण योजना प्राथमिकतामा नपरेकाले आवश्यक बजेट माग सार्वजनिक गरेको बताए । विपक्षी दल काग्रेसले बजेट पास हुन नदिन प्रदेशसभा अवरुद्ध पार्दै आएको छ ।


पत्रकार सम्मेलन गर्दै नेता रावलले शनिबार प्रदेश सरकारको अगामी बजेट कार्यकर्तालाई पोस्ने, भ्रष्टाचारलाई वृद्धि गर्ने, असन्तुलन, अपारदर्शी र विभेदकारी भएर आएकाले संसद अवरुद्ध गरिराख्नुपरेको बताए । सत्ता पक्ष भने आइतबार जसरी भए पनि बजेट पास गर्ने रणनीतिमा छ ।


बजेटमा विशिष्ट प्रकृतिका योजनामा साढे ३ अर्ब र अर्थ विविधमा ६ अर्ब अमुर्त डल्लो बजेट प्रति बिपक्षी दल बढी शशंकित छ । ‘बिशिष्ट प्रकृति र अर्थ बिबिध भनेको के हो ?’ प्रदेशसभामा कांग्रेसका सचेतक भरत खड्काले भने, ‘यो बजेटको दुरुपयोग गर्न र कार्यकर्तालाई पोस्न राखिएको रकम हो ।’


उनले प्रदेश सरकारले अल्पकालिन र दीर्घकालिन महत्वका योजनाको अध्ययनबिनै रकम बिनियोजन गरेको बताए । त्यस्तै राजपाका प्रदेशसभा सदस्य कृष्ण चौधरीले बजेट कुनै निर्वाचन क्षेत्रमा १० लाख र कुनैमा ३०/४० करोड बिनियोजित भएकोले बिभेदकारी रहेको बताए ।


कांग्रेसका अर्का सांसद गोबिन्द बोहराले प्रदेश सरकारले बजेटबाट आफनो उपस्थिती देखाउन नसक्दा छाया सरकारको रुपमा आफुले प्रदेशका महत्वपुर्ण योजनामा आवश्यक बजेटको माग सार्वजनिक गरेको बताए । कांग्रेसले महाकाली करिडोर र धनगढी–खुटिया– दियालय फास्ट ट्र्याकमा ५०/५० करोड बिनियोजन हुनुपर्ने बताएको छ ।


दैजी–जोगबुढा सडक योजनामा २५ करोड, खक्रौला–लम्कीमा ६० करोड, कर्णाली करिडोर सडकमा ५० करोड र खप्तड रिंगरोडमा २५ करोड बिनियोजन हुन आवश्यक भएको जानकारी दिएको छ ।

प्रकाशित : असार १५, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?