कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीमतीको हत्या आराेपमा पक्राउ

रासस

डाेटी — दिपायल सिलगढी नगरपालिका वडा नं ३ दिपायलमा श्रीमतीको हत्या आराेपमा एकजनालाई पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले दिएको जानकारी अनुसार दिपायल सिलगढी ३ का ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीनालाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।


सोमबार राति ९/१० बजे घरायसी झगडा हुँदा नेपालीले श्रीमतीको घाँटी र ढाडमा कैँची प्रहार गरेको बताइएको छ । अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरेको र अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

प्रकाशित : असार ३, २०७६ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?