कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

हावाहुरीले विद्यालयको छाना उडायो

बैतडी — जिल्लामा शनिबार रातिको हावाहुरीले विभिन्न ठाउँका विद्यालय र स्थानीय बासिन्दाका घरमा क्षति पुगेको छ । विद्यालयका छाना उडेपछि पढाइ प्रभावित भएको छ । 

विद्यार्थी खुला चौरमा बसेर पढिरहेका छन् । केही विद्यालयमा एकै कोठामा सबै विद्यार्थी राखेर पठनपाठन सञ्चालन गरिएको छ । पाटन नगरपालिका ९ मा रहेको रहेको सिद्धेश्वर मावि हुक्केडाँडाको छाना उडाएको छ । ३ कोठे भवनको छाना उडाउँदा पठनपाठन प्रभावित भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम भाटले बताए । उनले २ लाख ५० हजारको क्षति भएको बताए । २०१८ मा स्थापना भएको उक्त विद्यालयमा ३ सय ५ विद्यार्थी अध्ययनरत रहेको बताउँदै उनले चौरमा बसालेर पढाउनुपर्ने बाध्यता रहेको बताए ।


दोगडाकेदार गाउँपालिका ८ मा रहेको छानी आधारभूत विद्यालयको भवनको छाना उडाएको छ । कक्षा ५ का विद्यार्थी बस्ने कोठाको छानो उडाएको शिक्षिका भुवनेश्वरी भट्टले बताइन् ।


दोगडाकेदारमै रहेको चनैराज आधारभूत विद्यालयको २ कोठे भवनको छानो पनि उडाएको छ । कार्यालय भवनमा लगाइएको टिन हावाहुरीले उडाएपछि समस्या भएको विद्यालयले जनाएको छ । पाटन नगरपालिका ८, खोडपेमा रहेको भगवती महिला कृषि सहकारी संस्थाको पनि २ कोठे टिनको छाना पनि उडाएको छ । पाटनकै दलबहादुर विष्ट र गोपालसिंह महराको घरको छाना पनि हावाहुरीले उडाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २७, २०७६ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?