मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कान्तिपुर संवाददाता

टीकापुर — कैलालीको जानकी गाउँपालिका-७ बेलासपुरमा से २ प ४२४६ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ । टीकापुरबाट जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक २३ वर्षीय कृष्ण बम गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइते बमको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । घाइते बमको टाउकोमा चोट लागेको छ ।

प्रकाशित : जेष्ठ ४, २०७६ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्

सुर्खेत कारागारमा नाराबाजी

कलेन्द्र सेजुवाल

सुर्खेत — कैदी सरुवाको विषयलाई लिएर सुर्खेत जिल्ला कारागारमा विवाद भएको छ । कारागार प्रशासनले शुक्रबार १५ कैदीको सरुवा सिफारिस गरेको थियो । उक्त निर्णयविरुद्ध शनिबार साँझ करिब ५ बजेदेखि कारागारभित्र नाराबाजी भइरहेको छ ।

राजनीतिक आस्था र आर्थिक चलखेललाई लिएर बिनाकारण सरुवा गरिएको सरुवामा परेका कैदी पक्षधरको भनाइ छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले कारागारभित्र भएको समस्या समाधानको लागि प्रहरी टोली पठाइएको बताए । जिल्ला प्रहरी प्रमुख एसपी बसन्त रजौरेले कारागारभित्र नाराबाजीका साथै सामान्य झडप भएको र केही कैदीबन्दी घाइते भएका हुनसक्ने बताए । 'हामी पनि भित्र जान पाएका छैनौं,' उनले भने, 'बाहिरै बसेर समस्या समाधानको लागि पहल गरिरहेका छौं ।'



प्रकाशित : जेष्ठ ४, २०७६ १९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्