१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पथप्रदर्शकमा जम्दै

भवानी भट्ट

कञ्चनपुर — ४५ वर्षीय महानन्द जोशी निर्माण व्यवसायी थिए । भीमदत्त नगरपालिका १६ मा बस्ने उनी ठेकापट्टाको काम छाडेर पर्यटक पथप्रदर्शक भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै घर भएकाले पनि उनलाई यसतर्फ आकषिर्त गरेको हो ।

पथप्रदर्शकमा जम्दै

कहिले गड्डाचौकीमा रहेको अध्यागमन कार्यालय र कहिले महेन्द्रनगरका विभिन्न होटल पुगेर उनी पर्यटकहरूलाई निकुञ्ज घुमाउन लैजान्छन् ।


पथप्रदर्शकको काममा लागेपछि उनी सन्तुष्ट छन् । घर परिवारको खर्च चलाउन यहि पेशाले धानेको छ । सिजनमा महिनामा १५/२० दिन काम पाइए रामै्र आम्दानी हुने उनी बताउछन् । यहां आउने पर्यटकलाई शुक्लाफांटा निकुञ्जसंगै संगै महाकालीको झोलुंगे पुल, ब्रहृमदेव, झिलमिला ताल, भम्केनी धाम, बेदकोट ताल र लिंगेश्वर धाम पनि घमाउन लैजाने गरेको उनले बताए । 'धेरै जसो पर्यटक निकुञ्ज घुम्न आऊँछन्,' उनले भने, 'सिजनका बेला राम्रै आम्दानी हुन्छ ।'


निकुञ्जभित्र पर्यटक घुमाएको आधा दिनका १ हजार र एक दिनको २ हजार निर्धारण गरिएको छ । यसबाहेक पर्यटक आफैले पनि खुशी भएर हजार/पाँच सय अतिरिक्त खर्च दिन्छन् । सबै जोडर मासिक रुपमा १५/२० हजार सम्म आम्दानी हुने पथप्रदर्शकहरू बताउछन् । पछिल्लो पटक शुक्लाफाँटामा आन्तरिक पर्यटकको संख्या बढै गएपछि उनीहरूले पनि विगतको भन्दा बढी काम पाउन थालेका हुन् ।


'एक/दुई वर्षयता निकुञ्ज घुम्ने पर्यटकको संख्या बढ्न थालेको छ,' छ वर्षदेखि शुक्लाफाँमा पथप्रदर्शकको काम गरिरहेका कुम करण ठाकुरले भने, 'त्यहि अनुसार हामीले पनि काम पाइरहेका छौं र आम्दानी बढीरहेको छ ।' उनी निकुञ्ज छेउमै रहेको रिसोर्ट शुक्लाफाँटा जंगल कटेलका पथप्रदर्शक हुन् । चरा हेर्न आउने पर्यटकका लागि उनी पहिलो रोजाएमा पर्छन् । निकुञ्जभित्र पाइने

चराका विषयमा अन्यको तुलनामा उनले बढी जानकारी राख्दछन् ।


'नेचर गाइडहरूको क्षमता विकासका लागि निकुञ्ज कार्यालय र अन्य सरोकारवालाले ध्यान दिनुपर्छ,' ठाकुर भन्छन्, 'पर्यटकसंग गर्ने व्यवहार, निकुञ्जको प्रचार प्रसार आदीका बारेमा सबैलाई जानकारी छैन, बेला बेला तालिम र अन्तरक्रिया गरेर क्षमता विकास गर्नुपर्छ ।' उनका अनुसार जंगलभित्र वाइनाकुलर र क्यामेराको समेत पथप्रदर्शकहरूसंग अभाव छ ।


नेचर गाइड एशोसिएसनले यस्ता सामग्री सहयोग गर्न निकुञ्ज कार्यालय र विभिन्न स्थानीय तहसंग आग्रह गरिरहेको छ । कञ्चनपुरमा २०/२५ जना पर्यटक पथप्रदर्शक छन् । ति मध्ये नियमित रुपमा थोरैले मात्रै काम गरिरहेका छन् । निकुञ्ज घुम्ने पर्यटक बढ्न थालेपछि यसतर्फ आकषिर्त हुनेको संख्या पनि विस्तारै बढै गएको नेचर गाईड एशोसिएसनका पुर्व अध्यक्ष ईश्वर पन्त बताउछन् । 'गाइडहरूको संख्या बढो छ,' उनले भने, 'निकुञ्जको प्रचार प्रसार गर्न सके पर्यटकको संख्या बढछ, त्यसपछि गाइडहरूले पनि पर्याप्त मात्रामा काम पाउछन् ।'


अहिले पथप्रदर्शकहरूले माहिनामा १५/२० दिन मात्रै काम पाइरहेका छन् । महिनाभरि काम पाइए २५/३० हजार सम्म आम्दानी हुने पन्तले बताए । यो कमाईबाट घर परिवारको खर्च राम्ररी चल्ने उनी बताउँछन् ।

प्रकाशित : वैशाख २६, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?