कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

झाडापखालाका बिरामी बढ्दै

मोहन शाही

डोटी — आदर्श गाउँपालिका १ का १५ जना शनिबार झाडापखालाले सिकिस्त भए । उनीहरू दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका लागि पुगे । बिरामी बाख्राको मासु खाएर सिकिस्त भएका उनीहरू उपचारपछि घर फर्किएको अस्पतालका निर्देशक आइजंग कुँवरले बताए । 

चैत महिनाको अन्ततिर दिपायलस्थित सेती प्राविधिक अस्पतालका बिद्यार्थी झाडापखालाले लापरेपछि शैलेश्वरी अस्पतालमा भीड बढेको थियो । 'छात्राबासमा बस्ने अधिकांस बिरामी भएर थला पर्‍यौ' सिभिल ओभरसियर अध्ययनरत शारदा धामीले भनिन्, 'खाना र पानीमा केही खराबी भएर हुन सक्छ ।'


पछिल्लो समय डोटीमा झाडापखालाका बिरामीबढेका छन् । दिपायल, सिलगढी, राजपुर स्थित अस्पताल, मेडिकल र क्लिनिकहरूमा बिरामी आउन थालेका छन् । सबै भन्दा बढी बिरामी शैलेश्वरी अस्पतालमा आएका छन् । स्वास्थ्य संघसंस्था र निजी मेडिकल क्लीनीकहरूमा दैनिक झाडापखालाका बिरामीहरू बढ्ने गरेको जिल्ला अस्पताल डोटीका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए ।


सलाइनपानी चढाउने गरि बेड भर्ना हुन जिल्ला अस्पतालमा दैनिक ४/५ जना बढीरहेका छन्' मिश्रले भने, 'बिगत भन्दा यो बर्ष बिरामी हृवात्तै बढीरहेका छन् ।' उनले खानेपानी र खानपानमा ध्यान दिनुपर्ने सुझाव दिए । ग्रामिण क्षेत्रमा पनि झाडापखालाका बिरामी बढेका छन् । मौसम परिवर्तनसंँगै केहिदिन परेको पानी खाल्डाखुल्डीमा जम्मा भएको र त्यही पानी पिउनाले पनि झाडापखालाका बिरामी बढेको अनुमान स्वास्थ्यकर्मीको छ ।


प्राय बिरामी हुनेमा महिला, बालबालिका र बृद्धबृद्धा छन् । 'दुईदिनभयो दैनिक ५/६ पटक पातलो दिशा भइरहेको छ,' केआईसिंह ६ सेलनाकी खन्टी नेपालीले भनिन् ,'ज्यान एकदमै कम्जोर भएको छ, मेडिकलमा उपचार गर्दा केही सुधार भएको छ ।' घरमै उनकी छोरी र बुहारी पनि झाडापखालाले थलिएका छन् । सलेनामै ऐलेन मेडिकल क्लिनिक संचालन गरेका अर्जुन बलायरले दैनिक झाडापखालाका बिरामीहरू बढ्दै गएको बताए ।

प्रकाशित : वैशाख २६, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?