कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तरकारी बेच्न गाउँ चहार्दै

कञ्चनपुर — थारू समुदायका महिलाको समूह । ५ महिला, सबैसँग बेत-बाँसबाट बनेको टोकरी छ । कसैको टोकरीमा अलिकति तरकारी छ, कसैकोमा गहुँ । उनीहरू सबै घरबाट टोकरीभरि वसन्ते तरकारी (काँक्रा, लौका, फर्सी र करेला) बोकेका थिए । कसैले नगद बेचे, कसैले गहुँसँग साटे । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका १, सुन्दरीफाँटाका महिला घरमा उत्पादन गरेको तरकारी यसैगरी नगद र गहुँसँग साट्छन् । बिहान घरबाट तरकारी बोकेर निस्केका उनीहरू गाउँभरि डुलेर दिउँसो फर्किन्छन् । यसरी तरकारी बिक्रीबाट भएको आम्दानीबाट परिवारको खर्च चलेको छ ।

झन्डै ४० डिग्री तापक्रममा पनि उनीहरू आफ्नो उत्पादन बेच्न गाउँ पुगेका छन् । 'गाउँभरिका सबैले यसैगरी तरकारी बेच्छौं,' सुन्दरीफाँटाकी अनिता चौधरीले भनिन्, 'सबैले तरकारी लगाएका छौं, आफैं गाउँ पुगेर बिक्री गर्छाैं ।' उनका अनुसार दैनिक २५/३० किलो तरकारी बिक्री हुन्छ । सुन्दरीफाँटा मुक्त कमैयाहरूको बस्ती हो ।

यहाँ २ सय बढी परिवार बस्छन् । सबैले स-सानो परिमाणमा तरकारी खेती गरेका छन् । तरकारी आफैं गाउँ गाउँ डुलेर बिक्री गर्छन् । 'नगद पाए नगद नत्र गहुँसँग साट्छौं,' सुन्दरीफाँटाकी सुकलीदेखी चौधरीले भनिन्, 'गाउँमा नगदभन्दा पनि गहुँले साटेर किन्ने धेरै हुन्छन्, हामीले पनि घरमा खान गहुँ किन्नैपर्छ ।'

सुन्दरीफाँटाका महिला कृष्णपुर नगरपालिकाकै दोमिल्ला, शुक्लाफाँटा नगरपालिकाको बेलडाँडी र आसपासका क्षेत्रमा तरकारी बेच्छन् । हिउँदमा लगाएको तरकारी चैत अन्तिमदेखि फल्न सुरु हुन्छ । त्यही बेलादेखि सानोतिनो मात्रामा बिक्री गरिन्छ । अहिले सुन्दरीफाँटा तरकारी उत्पादनका लागि पकेटकै रूपमा चिनिएको छ । तर कृषकहरूले उचित बजार र प्राविधिक सहयोग नपाउँदा परम्परागत शैलीमै उत्पादन गरिरहेका छन् ।

प्रकाशित : वैशाख २०, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?