३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निःशुल्क आवास बन्ने

बाजुरा — निःशुल्क आवास बन्ने भएपछि बाजुराको विभिन्न ठाउँका दलित परिवार दंग छन् । निर्वाचन क्षेत्र २ का दलित परिवारका लागि यो कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रमअन्तर्गत ८४ दलित परिवारलाई घर निर्माण गर्न आर्थिक सहयोग गरिने जिल्ला समन्वय समितिले जनाएको छ ।

आव ०७३/७४ बाट दलित बस्तीका लागि कार्यक्रम लागु भएको हो । कार्यक्रममा कार्यविधि २०७५ अनुसार जमिन नभएका दलित परिवारहरूका लागि ऊक्त कार्यत्रम लागू गरिएको सहरी तथा भवन निर्माण कार्यालय डोटीले जनाएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालयमा आवेदन दिएका निर्वाचन क्षेत्र १ का ६० परिवार र निर्वाचन क्षेत्र २ का ४४ जनाले निवेदन दिएका थिए । निवेदन मूल्यांकन गरी हाललाई १ निर्वाचन क्षेत्रबाट ५० परिवार र २ बाट ३४ परिवारलाई छनोट गरिएको जिससका समन्वय अधिकारी हिक्मतबहादुर रावलले बताए ।

उनका अनुसार दुबै निर्वाचन क्षेत्रका निर्वाचित सांसद तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह र निर्वाचन क्षेत्र २ का सांसद बलदेव रेग्मीको रोहबरमा ८४ परिवार छनोट गरिएको छ । यस वर्ष घर निर्माणका लागि १ करोड ७ लाख ९५ हजार रकम विनियोजन गरिएको छ । कार्यक्रममा निवेदन परेका तर यो पटक छनोटमा नपरेका २० परिवार प्रतीक्षा सूचिमा राखिने सहरी विकास तथा भवन निर्माण विभागका निमित्त कार्यालय प्रमुख राजलाल साहले बताए ।

कार्यक्रम निर्वाचन क्षेत्र २ को त्रिवेणी नगरपालिका साविकको छतारा गाविस, बुढीगंगा नगरपालिकाको साविक बाह्रविस गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक डोगडी गाविसका गरी ३४ दलित परिवार छनोट गरिएको सांसद शाहले बताए । निर्वाचन क्षेत्र १ को हिमाली गाउँपालिका साविकको रुगिन र बाँधु र जगन्नाथ गाउँपालिका साविकको गोत्री गाविस गरी ५० परिवार छनोटमा परेका छन् । प्रदेशका ५ जिल्लामा यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?