कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

उपचारको पर्खाइमा बालबालिका

बैतडी — दशरथचन्द नगरपालिका २ देहीमाडांैमा एकै घरका ३ बालबालिका अपांगता भएका छन्  । पूर्णबहादुर बोहरा र देवकी बोहराका ४ मध्ये १ छोरा र २ छोरी गरी ३ सन्तान हिंडडुल गर्न सक्दैनन्  । जन्मिदा केही समस्या नभए पनि हुर्कंदै गएपछि विस्तारै शरीर नचल्ने समस्या रहेको पूर्ण बहादुरले बताए ।

सुरुमा जेठो छोरीलाई समस्या देखिएको थियो । पछि अरूलाई पनि उस्तै भएको उनले बताए । ‘७ वर्षका भएपछि समस्या सुरु भएको हो,’ उनले भने । बोहरा दम्पतीका २३ वर्षीया छोरी हीरा, १५ वर्षीया छोरी करिश्मा, १० वर्षीय छोरा जयन्त अपांगता भएका छन् । उनीहरूलाई दिन प्रतिदिन समस्या बल्झिने गरेको हो । विस्त्ँँरै शरीरका अंगहरू चल्न छाडेका छन् ।


नेपालका स्थानीय अस्पतालसँगै सीमावर्ती भारतका अस्पतालहरूमा उपचार गराउन लैजादा पनि रोग पत्ता लाग्न नसकेको उनको भनाइ छ । पूर्णबहादुरले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले राम्रो ठाउँमा उपचार गर्न सकिएन ।’ आफूहरूले किन्न सकेको औषधि मात्र सेवन गराइरहेको देवकीले बताइन् । ‘सुविधासम्पन्न अस्पतालमा लिएर उपचार गराउन पाए सञ्चो हुन्थ्यो कि भन्ने लाग्छ, तर आर्थिक अवस्था छैन,’ उनले भनिन् ।


अहिलेकै औषधि किन्न पनि रकम जुटाउन धौधौ हुने उनको भनाइ छ । सानो पसल गरेर सबै खर्चको जोहो गर्नुपर्ने बाध्यता रहेको बताउंदै उनले भनिन्, ‘अरू काममा हुदा छोराछोरीको स्याहार गर्दिने कोही हुँदैन । उनीहरू आफैं राम्रोसँग हल्लिन पनि सक्दैनन् ।’ अपांगतामैत्री घर नहुँदा थप समस्या रहेको उनी बताउछन् ।

प्रकाशित : वैशाख १०, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?