१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

मेलास्थलबाट विस्फोटक पदार्थ बरामद 

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाकै प्रशिद्ध मेलाको रुपमा रहेको चैतलीको मेलास्थलबाट प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको छ । छविसपाथीभेरा गाउँपालिका-३ बान्नीचउर नजिकैको जंगलबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ताले छोडेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो ।

प्रहरी टोली देखेपछि भागेका चन्दका कार्यकर्ताले छोडेको झोलाबाट विस्फोटक पदार्थ डिटोनेर ६ थान, बारुद भएको लोला २ थान, विद्युतीय तार ६० मिटर बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै झोलाबाट अखिल (क्रान्तिकारी) को छाप १ थान, चन्दा उठाउन प्रयोग गरिने रसिद ठेली ४ थान, चन्दा उठाइसकेका रसिदको अर्धकट्टी ठेली ३ थान प्रहरीले बरामद गरेको डिएसपी सूर्यबहादुर केसीले बताएका छन् ।

बुधबार राति साढे १ बजेतिर नियमित गस्तीमा रहेको प्रहरीलाई देखेपछि चन्दका तीन कार्यकर्ता विस्फोटक पदार्थको झोला छोडेर भागेका थिए । बुधबार घोषणा गरिएको नेपाल बन्दलाई लक्षित गर्दै उनीहरुले विस्फोटक पदार्थ बोकेर हिँडेको प्रहरीको अनुमान छ ।


गत हप्तामात्रै बझाङ प्रहरीले एकथान पेस्तोल, विस्फोटक पदार्थ र लागूऔषध चरेससहित चन्द समूहका जिल्ला सचिव भरत मल्ललाई पक्राउ गरेको थियो ।


प्रकाशित : वैशाख ५, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?