कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

रकमसहित पक्राउ

डोटी — भारतको लुधियानाबाट चोरेर ल्याएको रकम प्रहरीले बरामद गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त गस्ती टोलीले मंगलबार डोटीको केआईसिंह गाउँपालिका २ तिखात्तरबाट ४ लाख ३१ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।

रकमसँगै चोरीमा संलग्न भएको आरोपमा प्रहरीले केशव भुललाई पक्राउ गरेको छ । मंगलबार दिउँसो क्षेत्रीय प्रहरी कार्यालयका

प्रहरी सहायक निरीक्षक दिलबहादुर महराको नेतृत्वमा गएको टोलीले चोरीमा संलग्न व्यक्तिको घरमा खानतलासी गरेको थियो ।


चोरीमा संलग्न भनिएका व्यक्तिहरू तिखातरका बासिन्दा हुन् । उनीहरूले १ करोड नगद र केही सुनचाँदी चोरी ल्याएको खुल्न आएको छ । डीआईजी सुरज केसीले भारतबाट नगद र गरगहना चोरी ल्याएको सूचना पाएर टोली खटाइएको बताए । तर प्रहरीले भने ४ लाख ३१ हजार मात्र बरामद गरेको बताएको छ ।


चोरी गरी ल्याइएको अन्य रकम खोजबिन जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी लालबहादुर धामीले ४ लाख ३१ हजार भारतीय रुपैयाँ खटिएको टोलीले जिल्ला प्रहरी कार्यालयमा बुझाएको बताए । ‘टोलीले केशव भुलसहित नगद रकम हामीलाई हस्तान्तरण गरेको हो’, प्रवक्ता धामीले भने,

‘अब यस प्रकरणमा सार्वजनिक मुद्दाअन्तर्गत कारबाही अघि बढ्छ ।’


तर स्थानीय प्रत्यक्षदर्शीले भने प्रहरीले ४ लाख ६० हजार भारतीय रुपैयाँ बरामद गरी लिएको दाबी गरेका छन् । ‘२ जना प्रहरी आउनुभएको थियो, बाँकी ३ जना घटनामा संलग्न व्यक्ति पनि सँगै आएका थिए,’ स्थानीय प्रत्यक्षदर्शी तथा राष्ट्रिय जनमोर्चाका नेता मीन मलासीले भने, ‘यताबाट एक पटक ४ लाख र अर्को पटक ६० हजार भारतीय रुपैयाँ स्थानीयकै अगाडिबाट लगिएको हो ।’ प्रहरी र स्थानीय बासिन्दाले दाबी गरेको रकममा पनि फरक देखिएको छ ।


वडा नम्बर २ का अध्यक्ष नेत्र रावलकै अगाडि स्थानीय तेज बोगटीले ४ लाख भारतीय रुपैयाँ प्रहरीलाई बुझाएका थिए । प्रहरीलाई सो रकम बुझाउने बेला साक्षी म पनि थिएँ’, वडाध्यक्ष रावलले भने, ‘यी ४ लाख रुपैयाँ भनेर मेरै अगाडि प्रहरीलाई बुझाइएको हो तर त्यतिबेला गणना भने गरिएन ।’ प्रहरीले भने ४ लाख ३१ हजार माक्र बरामद गरेको बताएको छ ।


संयुत्त टोलीले घरघरमै गएर रकम बरामद गर्न नसकेपछि दुगौमाडौं वायलबाट खटिएको थप टोलीले ६० हजार भारतीय रुपैयाँ फेला पारेको थियो । सो ६० हजार रुपैयाँ स्थानीय प्रत्यक्षदर्शीलाई प्रहरीले जानकारी गराएको थियो । बीचमा गायब भएको २९ हजार भारतीय रुपैयाँबारे भने प्रहरीले आधिकारिक जवाफ दिएको छैन । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता धामीले आफूहरूलाई त्यति नै रकम हस्तान्तरण गरिएको दाबी गरे ।

प्रकाशित : वैशाख ५, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?