कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हत्या अभियुक्त २३ वर्षपछि पक्राउ 

सातामा नौ फरार अभियुक्त पक्राउ 
बसन्तप्रताप सिंह

बझाङ — हत्या अभियोगमा सजाय तोकेको २३ वर्ष पछि अभियुक्त पक्राउ परेका छन् । मष्टा गाउँपालिका वडा नं ३ का ४९ वषर्ीय ऐनबहादुर खड्का र ६४ वषर्ीय सिद्धु खड्कालाई २३ वर्ष पछि पक्राउ गरिएको हो । 

हत्या अभियुक्त २३ वर्षपछि पक्राउ 

उनीहरु दुवै जनालाई जिल्ला अदालतले २०५२ साल भदौ १९ गते कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै दुईवर्ष कैद सजाय सुनाएको थियो । उनीहरु लामो समयदेखि भारतमा लुकेर बसिरहेका थिए । दुबैजना घर आएको सूचना पाएपछि पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।


यस्तै एकसातामा अन्य ७ जना फरार अभियुक्त पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा बलात्कार, गर्भपतन लगायतका अभियोगमा अदालतले दोषी ठहर गरेका व्यक्तिहरु छन् ।


बलात्कार अभियोगमा दोषी ठहर पछि फरार रहेका छविस पाथिभेरा गाउँपालिका कँडेलका टेकबहादुर कठायत र बुङल नगरपालिका-४ का पुुस्कर कार्कीलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी पविण धितालले बताए ।


टेकलाई २ वर्ष ६ महिना कैद सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको तथा कार्की ५० हजार धरौटीमा छुटेको उनले जानकारी दिए ।


यस्तै गर्भपतनको अभियोगमा १९ वर्षदेखि फरार रहेका जयपृथ्वी नगरपालिका-१ का विच्छे सिंह पनि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०५६ भदौ २४ गते गर्भपतनको अभियोगमा दोषी ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको थियो ।


पक्राउ परेका अन्य अभियुक्तहरुमा जयपृथ्वी नगरपालिका-१० चैनपुरका निरज स्नेही र दिनेश चित्रकार पनि छन् । उनीहरु दुवै चोरी मुद्दामा सजाय पाएर फरार रहेका थिए । यस्तै सार्वजनिक अपराधको मुद्दामा सजाय पाएर फरार रहेका जयपृथ्वी नगरपालिका-१० का नवराज स्नेही र वडा नं ११ नवराज जोशी पनि पक्राउ परेेका छन् । उनीहरु २ वर्ष देखि फरार थिए ।

प्रकाशित : चैत्र १, २०७५ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?