कैलालीमा बिहेकाे गाडीमा आगजनी, तीनजना पक्राउ 

मोहन बुढाऐर

धनगढी — नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले कैलालीमा बिहेको गाडी जलाएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी आभुषण तिम्सिनाले म १ ख ४४१ नम्बरको  बसलाई कैलालीको मसुरिया र बडैपुरको नजिकमा बिहेको गाडी जलाएको बताए । 

ZenTravel

भजनीबाट आइरहेका बेला बडैपुरमा राति १ बजे विप्लवका कार्यकर्ताले रोकेर आगजनी गरेकोे उनले बताए। उनका अनुसार बसमा जन्ती र बाजा बजाउने टोली थिए। उनीहरुलाई बाहिर निकालेर आगजनी गरेका हुन।

यसैगरी, बिहीबार बिभिन्न ठाउँमा शंकास्पद वस्तु भेट्टएिको छ। उक्त समूहले आज आयाेजना गरेकाे बन्दका कारण धनगढी, टिकापुर, सुख्खड, लम्की, भजनी लगायतका बजारहरु समेत बन्द छन्। लामो तथा छोटो दुरीका बसहरु समेतचलेकाछैनन्। बजारमा अटोरिक्सा र मोटरसाइकल मात्रै चलेका छन्। बन्दका कारण बाटोमै रोकिएका गाडीलाई प्रहरी स्कर्टिङमा बिहान गन्तब्यमा पठाइएकाे थियाे।

यसैबीच विप्लवका तीन कार्यकर्तालाई प्रहरीले पक्राउ समेत गरेको छ। उनीहरुलाई गोदावरी सडक खण्ड छेउबाट पक्राउ गरेको जनाएको छ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १२:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा बन्दको प्रभाव छैन, राजधानी बाहिर भने आंशिक बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आफ्नो पार्टीको गतिविधिमा लगाएको प्रतिवन्धको विरोध स्वरुप विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक मात्रै देखिएको छ ।

काठमाडौंमा भाडाका साथै निजी गाडीहरुको आवागमनमा खासै समस्या देखिएको छैन । तर, उपत्यकाका सबै विद्यालयहरु भने बन्द रहेकाछन् ।

उपत्यका बाहिर भने बन्दको प्रभाव देखिएको छ । विशेष गरेर राजमार्ग आसपासका बजारहरु खुल्ला रहेपनि सवारी आवागमन भने पातलो छ । नवलपरासी लगायतका केही स्थानमा नेकपा समूहले रोकिराखेको ट्रकमा आगजनी समेत गरेका छन् ।

देशका विभिन्न भागबाट प्राप्त सूचना अनुसार विभिन्न स्थानमा भेटिएका अधिकांश शंकास्पद वस्तु बम नभएको देखिएको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ ११:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×