१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

ट्रकले किचेर एकको मृत्यु

गणेश चौधरी

टीकापुर — पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–४ बलियामा ट्रकले किचेर एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ६ बजेतिर ना ४ ख १२७४ नम्बरको ट्रकले किच्दा लम्कीचुहा–२ का भागीराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ट्रकले किचेर एकको मृत्यु

से ४ प ७३७० नम्बरको मोटरसाइकलमा सवार भागीराम पूर्वबाट पश्चिमतिर जाँदै गर्दा से ६ प ७०४१ नम्बरको मोटरसाइकलसित ठोक्किएको थियो ।


दुई मोटरसाइकल आपसमा ठोक्किएर लडेका चौधरीलाई ट्रकले किचेको प्रहरीले जनाएको छ । अर्को मोटरसाइकलमा सवार विनोद विश्वकर्मा घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन १९, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?