कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुदूरपश्चिममा 'बूढी पोल्ने' पर्व मनाइँदै

रासस/याेन्हाप

डडेल्धुरा — डडेल्धुरालगायत प्रदेश ७ का पहाडी जिल्लाहरुमा सोमबार 'बूढी पोल्ने' पर्व मनाइँदैछ । असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान् श्रीकृष्णले मारेको उत्सवका रुपमा यो पर्व मनाइने गरिन्छ ।

सुदूरपश्चिममा 'बूढी पोल्ने' पर्व मनाइँदै

विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनाको प्रतीकलाई पोल्ने गरिन्छ । किम्बदन्तीअनुसार भगवान् श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला अर्थात् गोठालाले पुतनाको शव दहन गरेको पण्डित कृष्णदत्त ओझाले बताए ।


द्वापर युगमा विशाक्त दूध सेवन गराइ बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दूध चुसी मारेको र भगवान श्रीकृष्ण भने बाँचेको खुशियालीमा असोज सङ्क्रान्तिका दिन यो पर्व मनाइने गरिएको बताइन्छ ।

भाद्र सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा सोमबार साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने चलन छ । पुतनाकोस्वरुपमा तयार गरी सिङ्गारिएको बाबियोलाई सोमबार बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन छ । राक्षसनीको आकृतिबाट जलेको खरानी पशु चौपायामा लगाएमा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।

यस पर्वमा रातभरी डेउडा, भुवा जस्ता सांस्कृतिक कार्यक्रम गर्ने चलन छ ।

प्रकाशित : आश्विन १, २०७५ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?