कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

किशोरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा बन्द आह्वान

बजार र यातायात ठप्प
भवानी भट्ट

कञ्चनपुर — बलात्कारपछि हत्या भएकी किशाेरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै शनिबार कञ्चनपुर बन्द गरिएको छ । नेपाल विद्यार्थी संघले पूर्व घोषित कार्यक्रम अन्तरगत बजार तथा यातायात बन्द गराएको हो । 

किशोरी बलात्कार र हत्या प्रकरण : कञ्चनपुरमा बन्द आह्वान

बिहान आंशिक रुपमा यातायात चलेपनि दिउँसो देखि यातायात पूर्ण रुपमा बन्द भएको छ । महेन्द्रनगर बजार क्षेत्र पनि दिनभर बन्द रहेको छ । विद्यार्थीहरुले निर्मलालाई न्याय दिनुपर्ने भन्दै नारावाजी र जुलुश समेत निकालेका छन् । नेविसंघले बिहीबारदेखि आन्दोलन सुरु गरेको हो ।

बिहीबार महेन्द्रनगर बजारमा विरोध जुलुश निकालिएको थियो । शुक्रबार यहाँका सरकारी कार्यालय र सरकारी सवारी साधन बन्द गरिएको हो । सरकारी कार्यालय बन्द गराउने क्रममा नेविसंघका ४ जना घाइते भएको नेविसंघका निवर्तमान उपाध्यक्ष केशव जोशीले बताए । उनीहरुले शनिबार कञ्चनपुर बन्द गराएका हुन् ।

नेविसंघसँगै बिभिन्न आमा समूह र स्थानीयले पनि दोषी पत्ता लगाउनुपर्ने माग गर्दै दैनिक रुपमा नारा, जुलुश लगायतका प्रदर्शनहरु गर्दै आएका छन् ।

प्रकाशित : भाद्र ३०, २०७५ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?